सुनवलको जनसेवा माविको बिद्यालय व्यवस्थापन समितीमा तिमिल्सेना सर्वसम्मत

नवलपरासी, २९ साउन । जनसेबा मा. बि. सुनवल नवलपरासीको आज सम्पन्न अभिभाबक भेलाले टिकाराम तिमिल्सेनाको अध्यक्षतामा सर्बसम्मत रुपमा बिद्यालय व्यवस्थापन समितीको नयाँँ नेतृत्व चयन गरेको छ ।uuu जसको सदस्यहरुमा राम प्रसाद पौडेल, पदम प्रसाद काफ्ले, सोभा पुलामी, मेनका तिमिल्सेना, यानीसरा रसाईली चयन भएको निर्वतमान बिधालय ब्यबस्थापन समिती सदस्य जिबन पौडेलले जानकारी दिनुभयो । त्यस्तै अभिभाबक संघको अध्यक्षमा जिबलाल भट्टराई चयन भएको पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा नवलपरासीका बिद्यालय निरिक्षक टिकाराम पन्थि प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बिद्यालयका सहायक प्राचार्य चन्द्रकान्त पाठकले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा स्थानिय अगुवा, बिद्यालयका अभिभाबक, सरोकारवाला लगायतको उपस्थिती रहेको थियो ।