सामुहिक महारुद्राभिषेक गर्ने

राजेन्द्र कार्की
चितवन, २८ साउन । देवघाट धाममा रहेको गलेश्वर आश्रमले सोमबार सामुहिक महारुद्राभिषेक कार्यक्रमको आयोजना गर्ने भएको छ । साउन महिनामा भगवान शिवजीको आराधाना गर्नको लागि महारुद्राभिषेक गर्न लागिएको बिहीबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिइयो ।unnamed

सामुहिक महारुद्राभिषेक कार्यक्रमका संयोजक सविन सिवाकोटीले साउन ३१ गते सोमबारका दिन महारुद्राभिषेकको आयोजना गरिएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरुलाई गलेश्वर आश्रममा निमन्त्रणा समेत गर्नुभएको छ ।

रुद्राभिषेक भनेको व्यक्तिगत रुपमा घर घरमा गरिने रुद्रि जस्तै अलि वृहत पुजन भएको सिवाकोटीको भनाइ छ । हिन्दू धर्ममाथि विभिन्न क्षेत्रबाट प्रहार हुंदै आएपछि हिन्दू धर्मको संरक्षण गर्नको लागि धार्मिक गतिविधि हुनु जरुरी रहेको गलेश्वर आश्रमका पीठाधीस आत्मानन्द गिरीले बताउनुभएको छ ।

मुलुकमा संस्कृति संरक्षण सम्बन्धी गतिविधि हुनुपर्ने भन्दै हिन्दु धर्मको संरक्षणको लागि महा रुद्राभिषेक आयोजना गरिएको गिरीको भनाइ थियो ।

देवघाट धाममा रहेका गलेश्वर आश्रममा साउन महिनाको अन्तिम सोमबारको दिन आयोजना गरिएको सामुहिक रुद्राभिषेक कार्यक्रममा सम्पूर्ण भक्तजन गएर पूण्य कमाउन समेत गिरीले आग्रह गर्नुभयो । कार्यक्रममा गलेश्वर आश्रम देवघाटका सदस्य भोजराज अधिकारी, गलेश्वर आश्रमका आचार्य कृष्ण घिमिरेलगायलते आफ्नो धारणा राख्नुभएको थियो ।