त्रियुगा उद्योग वाणिज्य संघसंग छलफल तथा अन्र्तक्रिया कार्यक्रम

चितवन, २८ साउन । त्रियुगत उद्योग वाणिज्य संघबाट विभिन्न चेम्बर अध्ययन अवलोकन भ्रमणको क्रममा आएको भ्रमण टोलीस“ग छलफल तथा अन्र्तक्रिया कार्यक्रम  शुक्रबारका दिन रत्ननगर उद्योग वाणिज्य संघमा सम्पन्न भएको छ ।ffff

संघहरु बिच सम्बन्धित अनुभव आदान प्रदान गर्ने उद्देश्यले आयोजित यस भम्रणमा रहेका प्रतिनिधिहरुस“गको छलफल तथा अन्र्तक्रिया कार्यक्रममा संघका अध्यक्ष ज्ञानबहादुर विसुरालको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा बोल्दै उ“हाले यि दुई संघ विच सुमधुर सम्बन्ध विकास तथा संघको संस्थागत विकास, स्थानिय आर्थिक एंव सामाजिक निकासमा आवश्यक सहयोग रहि देशका समसामयिक व्यवसायिक मुद्धाहरुमा एक्येवद्धता जनाई सहकार्य गर्न जरुरी रहेको विचार व्यक्त गर्दै उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा रत्ननगर उद्यँेग वाणिज्य संघका कार्यकारी सचिव शर्मिला श्रेष्ठले रत्ननगर उद्योग वाणिज्य संघको स्थापना कालदेखि हालसम्म सम्पन्न भएका मुख्य मुख्य गतिविधिहरु माथि संक्ष्ँिप्त जानकारी गराउनु भएको थियो । य

सै गरि त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र कुमार भगतले दुवै ठा“उको विकासको निम्ति कृषिलाई जोडेर विकास गर्नुपर्ने र यसका लागि उद्यँेग वाणिज्य संघहरु एक हुनुपर्ने धारण व्यक्त गर्दै उक्त सघंको गतिविधि एंव जानकारी प्रस्तुत गर्दै भम्रणको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।

संघका पूर्व अध्यक्ष नारायणकाजी श्रेष्ठ लगायत संघका पदाधिकारीहरु एंव कार्यसमिति सदस्यहरुको उपस्थिती रहेको कार्यक्रममा अनुभव आदान–प्रदान तथा जिज्ञासाका लागि खुल्ला छलफल गरिएको थियो भने कार्यक्रममा उपस्थित सम्पूर्णलाई संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले धन्यवाद व्यक्त गर्नुभएको थियो ।