सेमीफाइनलमा आर्मी र एनआरटी, नेपाल पुलिस र शसस्त्र प्रहरी भिड्ने

भरतपुर, २८ साउन । विभागीय टिमहरु त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी नेपाल कप
फुटवलको सेमीफाइनलमा पुगेका छन् । यी तीन टिमसँगै एनआरटी क्लव
सेमीफाइनलमा पुगिसकेको छ ।
शुक्रबार भएको सेमीफाइनल खेलमा व्याइज युनियन क्लवलाई १ का विरुद्ध ४ गोलले
पराजित गर्दै शसस्त्र प्रहरीको टिम सेमिफाइनलमा पुगेको हो । उसले साउन ३०
गते नेपाल पुलिस क्लवसँग सेमीफाइनल खेल्नेछ ।
सशस्त्र प्रहरी टिमका लागि अन्जन विष्टले २ गोल गरेका थिए । पहिलो हाफको २०
औ र दोस्रो हाफको ८ औं मिनेटमा विष्टले गोल गरेका थिए । सशस्त्रकै
लागि पहिलो हाफको अतिरिक्त समयमा नविन लामाले र दोस्रो हाफको
अतिरिक्त समयमा युवराज खड्काले एक ÷एक गोल गरेका थिए ।
व्याइज युनियनका लागि एक मात्र गोल दोस्रो हाफको २२ औं मिनेटमा सन्दिप
मैनालीले गरे । खेलको म्यान अफ दी म्याच शसस्त्र प्रहरीका लागि २ गोल गरेका
अन्जन विष्ट घोषित भए ।
बिहीबार भएका क्वाटरफाइनल खेल जित्दै आर्मी र पुलिस अन्तिम ४ मा प्रवेश
गरिसकेका छन् । बिहीबारको पहिलो खेलमा पुलिसले चितवनको एभरेष्ट क्लबलाई
र आर्मीले वीरगञ्ज युथ एकेडेमीलाई पराजित गरेको थियो ।