सन्देश मुलक सुरक्षित गर्भपतन नामक सडक नाटक

अपेक्षा चौधरी
चितवन, २८ साउन । युवा मैत्री बहु–उद्धेश्यीय स्रोत केन्द्रको आयोजना तथा विश्व बन्यजन्तु कोष नेपाल र नेपाल परीवार नियोजन संघ चितवनको आर्थिक सहयोगमा प्रजनन स्वास्थ्य सम्बन्धी सन्देश मुलक सुरक्षित गर्भपतन नामक सडक नाटक तथा ¥याली कार्यक्रम आज माडी नगरपालीका ५ धोवाहा पाकीस्तान टोलमा सम्पन्न भयो ।
बढ्दो असुरक्षित गर्भपतनलाई न्यनीकरण गर्दै समाजमा चेतना गराउने उ२ेश्यले नाटक प्रर्दशन गरीएको केन्द्रका सदस्य सन्दीप चापागाईले जानाकारी दिए ।
स्रोत केन्द्रले माडी, सौराहा, ठोरी लगाएतका बिभिन्न गाँउमा पुगेर सन्देश मुलक नाटक र कार्यक्रम प्रर्दशन गर्दै आई रहेको स्रोत केन्द्रका अर्का सदस्य सन्तोष भुजेलले बताउनु भयो । नाटकले समाज परिवर्तनमा सहयोग पुग्ने आयोजकले बिश्वास लिएको छ ।