प्रेस सेन्टरमा ज्ञवालीको नेतृत्व

चितवन, २७ साउन । प्रेस सेन्टर नेपाल चितवनको अध्यक्षमा युवा पत्रकार प्रकाश ज्ञावली निर्वाचित भएका छन् ।

चितवनको भरतपुरमा आज भएको एकता भेलाले ज्ञवालीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

सर्वसम्मत चयन गरिएको समितिको बरिष्ठ उपाध्यक्षमा सुर्य पाठक तथा अन्य उपाध्यक्षद्धयमा सुमन गैरे र प्रविण बराल रहेका छन् । यस्तै सचिवमा राजेन्द्र आचार्य, कोषध्यक्षमा सन्तोष देवकोटा र सहसचिवमा अपेक्षा चौधरीलाई चयन गरिएको छ ।13977774_1273649012675604_88547319_o

समितिको सदस्यहरुमा सुजिता हमाल, उर्गेन तामाङ, अनिल भट्टराई, रवि अधिकारी, नविन मरहठ्ठा, सुरेन कुँवर, दानबहादुर गुरुङ, ज्योती अधिकारी, र गगन केसी चयन भएको नव निर्वाचित अध्यक्ष ज्ञवालीले जानकारी दिए ।

यस्तै भेलाले सुरेशचन्द्र अधिकारी, चिन्तामणि पौडेल, अनन्तप्रकाश सुवेदी, शान्ता अधिकारी, वीरवहादुर सिंजाली र गोपाल परियारलाई सल्लाहकारमा चयन गरेको छ ।

भेला पछि संक्षिप्त मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष ज्ञावालीले प्रेस सेन्टरलाई चितवनमा ससक्त सञ्चार संस्थाको रुपमा विकास गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए ।

यस्तै आज बसेको पहिलो बैठकले पत्रकार महासंघको सदस्यताका विषयमा यसअघि सेन्टरले राखेको माग सम्वोधन गर्न जोडदार माग गरेको छ । बैठकले श्रमजिवी पत्रकार ऐन तत्काल लागु गर्न चितवनका सबै सञ्चार माध्यामलाई आग्रह गरेको छ ।

पत्रकारहरुको हकहित र सुरक्षाका पक्षमा दृढताका साथ प्रेस सेन्टर लागि पर्ने निर्णय गरेको छ । साथै समानुपातिक विज्ञापन प्रणाली लागु गर्न सरकारसँग जोडदार माग गर्नै निर्णय गरेको सचिव राजेन्द्र आचार्यले जानकारी दिए ।

भेलाको नेकपा (माओवादी) केन्द्रका स्थायी कमिटी सदस्य नारायण दाहालले उद्घाटन गरेका थिए ।
सो क्रममा बोल्दै उनले नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले संविधान कार्यान्वयन, भुकम्प पिडितको व्यवस्थापन, विकासका कार्यक्रमलाई प्राथमिकता दिएर अघि बढ्ने बताए । यसका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने उनको भनाई थियो ।
शान्ता आधिकारीको अध्यक्षतामा भएको सम्मेलनको उद्घाटनका क्रममा नेकपा माओवादी केन्द्र चितवनका ईन्चार्ज ईश्वरी भट्टराई, सह ईन्चार्जहरु घनश्याम दाहाल, ज्ञानु बस्नेत, प्रवक्ता संगिता भट्टराई, प्रेस सेन्टरका केन्द्रिय कार्यालय सदस्य सुरेशचन्द्र अधिकारी, केन्द्रिय सदस्यहरु लक्ष्मण खड्का लगायतले बोलेका थिए ।

.