प्रचण्डका गुरु कडेलको निधन

राजेन्द्र आचार्य / अनिल भट्टराई
चितवन, २७ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का गुरु राजकुष्ण कडेंलको ७१ बर्षको उमेरमा निधन भएको छ । लामो समय देखि किड्नी फेल लगायका समस्याबाट ग्रस्त कडेलको आज विहान उपचारका क्रम कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल ( पुरानो मेडिकल कलेज) मा निधनभएको हो ।
उच्च रक्तचाप, मद्युमेह रोगबाट समेत ग्रसीत कडेंल हालका प्रधानमन्त्री पुष्प कमल दाहालको नामा करण गर्ने व्यक्ति समेत हुन् । प्रचण्डका हेड सरका रुपमा परिचित उनले प्रधानमन्त्री पुष्प कमल दाहाललाई पश्चिम चितवनको शिव नगरमा रहेको नारायणी विद्या मन्दिर उच्च माविमा २०२६ असोज १२ गते २०३९ साल सम्म अध्यापनमा रहदां प्रचण्डलाई पढाएका थिए । र नाम समेत उनले नै पुष्प कमल राखेको कडेलका सहकर्मी भुवानी प्रसाद पौडेलले जानकारी दिए । छविलालबाट पुष्पकमल नाम समेत उनले नै राखेका थिए । साथै २०३९ सालदेखि कडेल भरतपुरको प्रेमवस्ती उच्च माविमा अध्यापन गराएका थिए । उनको आज दिउसो २ : ३० वजे शव यात्रा सहित अन्त्येष्टी गरिने समेत वर्तमान नारायणी विद्या मन्दिर उच्च माविका प्रचार्य खगराज कडेंलले जानकारी दिए । कडेल अग्रजी शिक्षकका रुपमा स्थापित थिए । प्रचण्डलाई नेतृत्व तहसम्म पुगी कुशल नेतृत्व गर्न समेत कडेलले नै प्रेरण दिएका थिए । चितवनको शिक्षा क्षेत्रको विकाससगै कुशल नेतृतव कर्ता उत्पादन कुशल शिक्षकका रुपमा समेत कडेललाई लिईदै आएको थियो ।