महिलाको नाममा जग्गाको कारोबार बढी

आनन्द /राजेन्द्र 
चितवन, २५ साउन । गत वर्ष नेपालमा विनाशकारी भूकम्प पछि चितवनमा घरजग्गाको कारोबाकर बढ्दै गएको छ । भूकम्प पछि शून्य जस्तै भएको घरजग्गाको कारोबार अहिले बढेको हो ।
चितवनमा जग्गाको कारोबार हुँदा पुरुषको भन्दा महिलाको नाममा बढी भएको देखिएको छ । मालापोत कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा गत आर्थिक वर्षमा भएको कुल लिखत पारितमा महिलाको नाममा बढी लिखत पारित भएका छन् । चितवनमा गत आर्थिक वर्ष २०७२÷७३ मा ४३ हजार एक सय ५० लिखत पारित भएका थिए ।malpot-chitwan-620x330
मालपोत कार्यालय चितवनले दिएको जानकारी अनुसार गत चितवनमा जग्गाको पारित भएको लिखत मध्ये महिलाको नाममा २७ हजार दुई सय ६७ लिखत रहेको छ । चिववनमा पुरुषको नाममा १५ हजार आठ सय ८३ वटा लिखत पारित हुँदा महिलाको नाममा २७ हजार भन्दा बढी लिखत पारित भएको मालपोत कार्यालय चितवनका सूचना अधिकारी एवम् मालपोत अधिकृत हरिकृष्ण सुवेदीले बताए ।
त्यसैगरी, चितवनको ग्रामीण क्षेत्रमा महिलाको नाममा दुई हजार ४६ र सहरी क्षेत्रमा २५ हजार दुई सय २१ लिखत पारित भएका छन् । जग्गाको किनबेच बापत मालपोत कार्यालय चितवनले गत वर्ष एक अर्ब १८ करोड ३९ लाख २० हजार रुपैयाँ राजस्व संकलन गरेको सुवेदीले जानकारी दिए ।
महिलाको नाममा जग्गा पास गर्दा २५ प्रतिशत र एकल महिलाको नाममा ३५ प्रतिशत राजस्व छुट हुने भएकोले पनि महिलाको नाममा जग्गा दर्ता गर्ने परिपाटी बढेको सुवेदीले बताए । पछिल्लो समय पुरुषहरु विदेशीने र महिलाहरुमा समेत सशक्तिकरण जागेका कारण महिलाको नाममा जग्गाको कारोबार बढेको सुवेदीको भनाइ छ ।
अनलाइन रजिष्ट्रेशन बढ्दै
मालपोत कार्यालय चितवनले सेवाग्राहीलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले मालपोतको रजिष्ट्रेसन अनलाइन मार्फत गर्दै आएको छ । गत आर्थिक वर्ष २०७२÷७३ को चैत महिनाबाट सुरु भएको अनलाइन रजिष्ट्रेसन सुरुमा चार वटा गाविसका लागि सुरु गरिएपनि साउनको दोस्रो हप्तासम्म १२ वटा गाविसका लागि सेवा प्रदान गरिएको छ ।
कविलास, कोराक, चण्डीभञ्ज्याङ र श्रीपुर गाविसका जग्गाहरुबाट सुरु गरिएको अनलाइन रजिष्ट्रेसन चालु आर्थिक वर्ष २०७३÷७४ को साउनसम्म आइपुग्दा विस्तार गरि १२ गाविसमा पु¥याइएको छ । चैतबाट सुरु भएको अनलाइन सेवामा गत असार १ गते लोथ र काउले गाविसको जग्गाको कारोबार समेत समावेश गरियो । कामको चापलाई ध्यान दिँदै चालु आर्थिक वर्षको साउन ९ गतेदेखि फेरि सिस्वार, अयोध्यापुरी, दारेचोक, माडीको कल्याणपुर, बडहरा र उपदाङगढीको जग्गाको लागि सेवा विस्तार गरिएको कार्यालयका सूचना अधिकारी हरिकृष्ण सुवेदीले बताए ।
चैतबाट सुरु गरिएको अनलाइन सेवामा गत आर्थिक वर्ष २०७२÷७३ को असार मसान्तसम्म चार सय ३९ लिखत पारित भएको सुवेदीको भनाइ छ । त्यसैगरी, अन्य गाविसहरुमा सेवा थप गरिएसँगै चालु आर्थिक वर्ष २०७३÷७४ को साउन २० गतेसम्म एक सय ६८ वटा लिखत पारित गरिएको छ ।