अपाङ्गता भएकाहरूलाई ठगि गदै हिडने पक्राउ
दयाराम आचार्य ।
नवलपरासी,साउन २४ ।
अपाङ्ग संस्थाको नामबाट ठगि गर्दै हिडने एक ब्यत्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासीको डेढगाउ गाविसमा नेपाल अपाङ्ग सरोकार केन्द्र बुटवल रुपन्देहीको नाममा ठगि गरेको आरोपमा संचालक मिलन थापा भन्ने पूर्ण बहादुर दिशा मगरलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यलय डेढगाउमा राखिएको ईलाका प्रहरी कार्यलय डेढगाउका प्रहरी नायव निरिक्ष्ँक खेम बिसीले जानकारी दिनु भयो ।
बिसीका अनुसार संस्था दर्ता नभई संचालनमा आएको देखिएको साथै अपा¨ता भएकाहरूलाई आजीवन सदस्य बनाउने नाममा प्रतिव्यक्ति १ हजार २ सय ५५ रुपैयाका दरले उठाएको र नियन्त्रणमा रहेका मिलन भनिने पूर्ण बहादुर दिशामगरले संस्थाको उधेश्य समेत प्रष्ट पार्न नसकेकोले नियन्त्रणमा लिईएको बताउनु भयो ।
संचालक पूर्ण बहादुर दिशामगरलाई थप अनुसन्धानको लागि कावासोती ल्याउने तयारी गरिएको बिसीले बताउनु भयो । आजीवन सदस्यका रुपमा उठाइएको ३५ जनाको रकम आज फिर्ता गरिएको समेत उहाले बताउनु भयो ।
सस्थाका कर्मचारीलाई पूर्ण बहादुर दिशामगरको नाममा नियुत्ति पत्र दिएको र आफू मिलन थापाको नाममा काम गर्दै हिडेको तर कर्मचारीलेसँगै काम गर्ने मिलन नै पूर्ण बशादुर दिशामगर हुन भन्ने समेत थाहा नपाएको देखिएको बिसीले बताउनु भयो ।