मलेशियामा एक महिलाको हत्या

 

मलेशिया, २४ साउन । मलेशियामा एक महिलाको हत्या भएको छ । मकवानपुर जिल्लाको फापर बारीकी अनिता तामाङको गत अगष्ट ५ मा हत्या भएको हो । वैदेशिक रोजगारीको शिलशिलामा अनिता दुई वर्ष देखी मलेशियाको पेनाङ राज्य स्थित जे।सी।वाई। कम्पनिमा कार्यरत थिईन् । मकवानपुरमा अनिताको श्रिमान , एक छोरी र सासु रहेको पेनाङमा २० महिना देखी कार्यरत एक नेपालीले बताए । उनका अनुसार अनिता पेनाङमा ४/५ महिना अगाडी देखी नै ईलिगल भई काम गर्दै आएकी थिईन् । vvvvvvvvvvvvv
अनिताको पेनाङमा बङलादेशका एक पुरुष सँग नजिकको सम्बन्ध रहेको र नजिकैको मस्जितमा विवाह गरिन् । एक नेपालीले बताए अनुसार अनिताले विवाह पछी बङलादेश जाने कुरा गर्दै आएकी थिईन् । तर अचानक संगै बस्दै आएका बङलादेश पुरुषले नै साझ ९ बजे तिर अनितालाई घाँटी थिची हत्या गरेको रहष्य खुलेको छ । अहिले अनिताको शव रिपोर्टका लागि पेनाङ स्थित एक हस्पिटलमा राखिएको छ । तर अनिता ईलिगल भएकाले साथमा पासपोर्ट नभएको र उनको शव नेपाल सम्म लैजान दिने÷नदिने बारे चुनौती रहेको एक नेपालीले बताए ।