मौनताबाट साहित्यमा जम्दै पर्यटन व्यवसायी सुमन

चितवन, २४ साउन । पर्यटन वयवसायीका रुपमा स्थापित सुमन घिमिरेको परिचय यतिवेला फेरिएको छ । फुटकर साहित्यक रचनासगै विगत १ दशक अघिदेखि साहित्य क्षेत्रमा छिरेका सुमन यतिवेला भने पर्यटनसगै साहित्यकारका रुपमा समेत स्थापित हुने तरखरमा छन् । कवितासंग्रह ‘मेरो बैँसको क्यालेन्डर’ लिएर उनी नेपाली साहित्यको क्षेत्रमा प्रवेश गरेका साहित्यकार घिमिरे यतिवेला मौनता उपन्यासबाट फेरि नयां साहित्यक उचाई कायम गर्दैछन् । मेरौ होटलमा आएक एक जोडी पाहुनाको वास्तविक जीवनको एक अंश समेटेर कथा सुरु गरे उनले आतबार आयोजित पत्रकार सम्मेलनमान भने । यो एउटा समाजिक घटनाको प्रतिबिम्बका रुपमा समेत लिन सकिन्छ ।
उनले त्यसलाई निरन्तरता दिने अरु पात्र र कथा विस्तार गरी तयार पारेको मौनता लिएर साहित्यिक क्षेत्रमा आफ्नो दायरा बढाउएको बताए ।औपचारिक विमोचन गर्न बांकी रहेको उनको उपन्यास मौनतासंग उनले चितवनका पत्रकारहरुलाई जानकारी समेत दिए । घिमिरेले आफ्नो पुस्तक परिवारका सबै सदस्यले ‘सेयर’ गरेर पढ्न सक्ने बताए ।आफ्नो उपन्यासमा प्रेम,यौन ,मिलन र विछोड जस्ता विषयलाई अश्लिता बिना नै सहज ढड्डगले प्रस्तुत गरेको उनले दावी गरेकाछन् ।विदेश मोहका कारण अन्य सम्भावना नजर अन्दाज गर्ने अहिलेको यूवापुस्तालाई स्वदेश मै केही गर्न सकिन्छ भन्ने कुरा कथामार्फत प्रस्तुत गरेको उनले बताए । यस उपन्यासमा मूख्यगरि अर्पण, महेश, शिला र रानी छन् ।उपन्यासमा जीवन भर्न अन्य केही सहायक पात्रहरु समेत जोडेका उनले यसको सिक्वेल समेत लेख्न सक्ने गरी कथाको अन्त्य गरेको जिकिर गरे । विदेशिएका आफ्ना पात्रहरुलाई स्वदेशमै ल्याउन र सम्भावना उजार गर्न सिक्वेल लेख्ने उनको भनाई छ । भाषागत रुपमा नयां अभ्यासलाई प्राथमिकता दिएका घिमिरेले यसबारे उठ्न सक्ने प्रश्नहरुबारे सचेत रहेको बताएकाछन् । कितावको पाण्डुलिपि हेरेका साहित्यकार धनराज गिरीले घिमिरेको उपन्यास यथार्थ परक भएको बताए ।कतिपय परिस्थितीमा कथामा पाठकले आफैलाई अनुभव गर्न सक्ने गरी लेखिएको उनले बताए । २२६ पेजको सो उपन्यासलाई गोर्खा पब्लिकेशनले बजारमा ल्याएको हो । यसको बजार मूल्य ३३५ रुपैया रहेको छ ।आयरल्याण्डबाट कम्प्युटर साईन्समा मास्टर्स गरी स्वदेश फर्किएका लेखक घिमिरे सौराहाको जंगल सफारी लजका सञ्चालक हुन् । उनले यो उपन्यासले सबैको मन छुन समेत बताए ।