२६ वर्षकी छात्रा रक्सी रानी

 

एजेन्सी ।  एक सिरियाली शरणार्थी छात्राले जर्मनीमा रक्सीकी रानीको ताज पहिरिएकी छिन् । जर्मनीको सबैभन्दा राम्रो मदिरा उत्पादन गर्ने एक क्षेत्रमा उनलाई यस्तो उपाधि प्रदान गरिएको हो । प्हिलोपटक कुनैपनि शरणार्थीलाई यस्तो ताज प्राप्त भएको बताइएको छ 90670653_034356525

रिपोर्ट अनुसार यसरी जर्मनीमा रक्सी रानीको उपाधि पाउने २६ वषर्ीया सिरियाली युवतीको नाम निनोरटा बहनो हो । उनी सिरियामा चलेको गृहयुद्धका कारण तिन वर्ष पहिले भागेर जर्मनीमा गई शरण लिएकी थिइन् ।

लक्जेम्बर्गको सिमानामा रहेको पश्चिमी जर्मन शहर ट्रियरमा सिरियाली इसाइ धर्मावलम्बी निनोरटाले हालै यस्तो रक्सीकी रानीको उपाधि पाइन् । यस्तो उपाधिले समाजमा एकिकरणलाई प्रोत्साहित गर्ने उनको भनाई छ ।

जर्मनहरु निकै खुल्ला हृदयका हुन्छन् र जर्मनी हरेकलाई स्वागत गर्ने देश हो भन्ने कुरा आफुले देखाउन चाहेको भन्दै उनले जर्मनहरु शरणार्थीहरुलाई सफलतापूर्वक तथा शिघ्र रुपमा समाजमा एकिकरण गर्नमा काम गरिरहेको उनले बताएकी छिन् । शरणार्थीहरुलाई नयाँ समाजमा घुलमेल हुन निकै गाह्रो हुने उनको अनुभव छ ।

गत वर्ष जर्मनीमा १० लाख भनदा बढि शरणार्थी भित्रिएका थिए जसमध्ये अधिकांस सिरियाली शरणार्थी थिए ।

अब उनले आगामी वर्ष हुने ट्रिएर उत्सवमा रक्सी उत्पादकहरुको प्रतिनिधित्व गर्नेछिन् । उनले स्थानीय रक्सी बनाउने छोटो समयको तालीम पनि लिएकी छिन् ।

आफ्नो सबैभन्दा मनपर्ने वाइनको ब्राण्ड राइजलिङ रहेको उनले बताएकी छिन् ।

स्मरण रहोस् जर्मनीमा रक्सीकी रानी उपाधि प्रदान गर्ने परम्परा सन् १९३० देखि नै चलिरहेको छ । जर्मनीमा हरेक वर्ष सेप्टेम्बरमा विभिन्न १३ इलाकाहरुबाट निनोरटाजस्तै रक्सी रानीहरु जर्मन रक्सी रानीको उपाधिका लागि प्रतिस्पर्धा गर्दछन् ।