चितवनको पहाडी गाविस चण्डिभञ्याङलाई सडक सञ्जालमा जोड्न माग

चितवन, २३ साउन । चितवनको पहाडी गाविस चण्डिभञ्याङलाई सडक सञ्जालमा जोड्न स्थानीयवासीले माग गरेका छन् ।
जिल्लाका ३६ गाविसमध्ये चण्डिभञ्याङ अझै सडक सुविधाबाट वञ्चित रहेको छ । नारायणगढ मुग्लिन सडकखण्डको जलबिरेबाट करिब १८ किलोमिटरको दुरीमा चण्डिभञ्याङ गाविसको कार्यालय छ । स्थानीयवासी सडक नहुँदा घन्टौँ हिँडेर गाविस कार्यालय पुग्ने गरेका छन् । sadak Pahada ko
स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले जिविसको पहलमा तीन किलोमिटर सडक निर्माण भएको बताउनुभयो । गत आवमा एकहजार २०० मिटर सडक निर्माण गर्ने गरी लोहनी कन्स्ट्रक्सनले रु ५० लाखमा ठेक्का लिएको थियो । गत असार मसान्तसम्म काम सक्नुपर्ने भएपनि कम्पनीले पहिरो परेको भन्दै काम स्थगित गरेको छ ।