पूर्वी चितवनमा विद्युत आपूर्ति अबरुद्ध हुदा स्थानियलाई सास्ती

 

चितवन, साउन २३ । पूर्वी चितवनमा शनिबँररातीदेखि विद्युत आपूर्ति ठप्प हुदां स्थानियलाई सास्ती भएको छ । शनिबार बेलुका ८ः३० बजेदेखि विद्युत आपूर्ति अवरुद्ध भएको हो । पूर्वीचितवनमा वितरण हुने पर्सा ३३ केभी लाइनको तार चुडेपछी पूर्वीचितवनको रत्ननगर, खैरहनी, भण्डारालगायत सबै क्षेत्रका स्थानीय रातभर अन्धकारमा बस्न बाध्य भएका थिए।bidut choro

भरतपुर सवस्टेसनबाट वितरण भएको पर्सा ३३ केभी लाइनमा समस्या आएपछि पूर्वीचितवनमा विद्युत सेवा अवरुद्ध हुन पुगेको हो । पूर्वीचितवनसंगै चनौली क्षेत्रको विद्युत सेवा पनि गएराती देखि नै अवरुद्ध भएको छ । लाइन मर्मतको लागि हेटौंडाबाट मर्मत टोलि भरतपुर आउदै गरेको र लाइन मर्मत पश्चात् विद्युत सेवा सुचारु हुने नेपाल विद्युत प्राधिकरण रत्ननगर शाखाले जनाएको छ ।