काँग्रेस र माओवादी समीकरण जनताको पक्षमा छैन् : अध्यक्ष बैघ (भिडियोसहित)

चितवन, साउन २३ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले वर्तमान काँग्रेस र माओवादी समीकरणमा बनेको नयाँ सरकारले देश र जनताको पक्षमा काम गर्न नसक्ने बताएका छन् । पुष्पकमल नेतृत्वको सरकार कसरी बन्यो भन्ने कुरा सबैलाई थाहा छ– वैद्यले भने यो सरकारले देश र जनताको हितमा काम गर्न नसक्ने ठोकुवा मेरो छ । आइतबार बिहान भरतपुरमा आयोजना गरिएको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष वैद्यले वर्तमान सरकार दक्षिणपन्थीको समर्थनमा बनेको बताउँदै देश र जनताको हितमा काम गर्न नसक्ने दावी गरे । 20160807_080412यद्यपि नयाँ सरकार भरखरै बनेकाले यदी देश र जनताको पक्षमा काम गर्न सके प्रचण्ड सरकारको आफूहरुले विरोध नगर्ने समेत वैद्यको भनाइ थियो । अध्यक्ष वैद्यले संसदीय व्यवस्थामा सरकार बनाउनु र भत्काउनु सामान्य रहेको भन्दै यस्तो व्यवस्थाले देशको विकास हुन नसक्ने बताए ।

 

आफूहरुले भन्दै आएको क्रान्ति अझै पुरा नभईसकेको कारण सरकारमा कोही जाँदैमा क्रान्ति पुरा नहुने वैद्यको भनाइ थियो । क्रान्ति पुरा गर्नको लागि संसदीय व्यवस्था अन्त्य हुनुपर्नेमा वैद्यले जोड दिए । यसैगरि अध्यक्ष वैद्यले अब पार्टीले माथिल्लो कर्णाली आयोजना र सुकुम्बासी समस्या समाधानका लागि छिट्टै राष्ट्रव्यापी आन्दोलन गर्ने बताएका छन् । माथिल्लो कर्णाली आयोजना देशकै लगानीमा बन्नु पर्ने भन्दै भारतीय कम्पनीलाई दिएको बिरोधमा असोज २६ गते देशव्यापी विरोध प्रदर्शन गर्ने र सुकुम्बासी समस्या समाधानको माग गर्दै आउँदो भदौं १५ गते देशव्यापी आन्दोलन गर्ने वैद्यले जानकारी दिए । यस्तै नेता वैद्यले मधेसको जायज माग पुरा गर्नुपर्ने बताउँदै संविधान संशोधनले मात्रै देशको समस्या समाधान नहुने दावी गरे ।