तेस्रो चितवन एजुकेशन फेयर भदौं ५ गतेदेखी, “धमला ब्राण्ड एम्बेसडर”

 
चितवन, साउन २३। चितवन ग्रीन लायन्स क्लव र लियो क्लवले एकपछि अर्को सफलतासंगै यसपटक पनि शैक्षिक मेला आयोजना गर्ने भएको छ ।
क्लवले आउदो भदौं ५ गतेदेखि ७ गतेसम्म भरतपुरमा ‘तेस्रो चितवन एजुकेशन फेयर’ आयोजना गर्न लागेको हो । ‘नयाँ युगेको नयाँ सोचाई, स्वदेशी शिक्षा हाम्रो रोजाई’ भन्ने मुल नारासहित हुने फेयर भरतपुरस्थित होटेल रोयल सेन्चुरीमा हुनेछ । edu-fairएजुकेशन फेयरमा सहभागिता जनाउन चाहने कलेजका लागि स्टल बुकिङ खुल्ला भईसकेको चितवन ग्रीन लायन्स क्लवका अध्यक्ष माधव रेग्मीले जानकारी दिनुभयो । एजुकेशन फेयरमा फरक–फरक विश्वविद्यालयको कोषको बारेमा जानकारी, विज्ञान र सूचना प्रविधिका स्टलहरु, क्यारियर काउन्सिलिङ, युवाहरुलाई उत्प्रेरक प्रशिक्षणलगायत हुनेछ । यो एजुकेशन फेयर मोफोसल बाहिरकै ठूलो हो । एजुकेशनको तयारी धमाधम भईरहेको लायन्स देवेन्द्रराज रेग्मीले जानकारी दिनुभयो ।
चितवन ग्रीन लायन्स क्लवले पहिलो पटक २०७१ सालमा साउन ३०, ३१ र भदौं १ गते तीन दिन अक्सफोर्ड चितवन एजुकेशन फेयर २०१४ आयोजना गरेको थियो । यस्तै लगातार गतवर्ष दोस्रो एनिपिआई चितवन एजुकेशन फेयर समेत आयोजना भएको थियो । क्लवले शिक्षामा क्षेत्रमा योगदान दिने उद्देश्यले यस कार्यक्रमलाई निरन्तरता दिँदै आईरहेको छ । चितवन ग्रीन लायन्स क्लवले यसपटक रिपोर्टर्स क्लव नेपालका अध्यक्ष पत्रकार ऋषि धमलालाई ब्राण्ड एम्बेसडर बनाएको छ । अब क्लवका हरेक महत्वपूर्ण कार्यक्रममा पत्रकार धमला सहभागि हुने भएका छन् ।