चितवन बारमा गोपीलाल देवकोटा विजयी

 

चितवन, २३ साउन । चितवन जिल्ला अदालत बार एशोसिएशनको अध्यक्षमा गोपीलाल देवकोटा निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि शनिबार भएको मतदानको अन्तिम नतिजाअनुसार उनले प्रतिद्वन्द्वी फूलमाया रानाभाटलाई १६ मतान्तरले पराजित गरे । मतगणनाको अन्तिम परिणाम राति साढे १२ बजेमात्रै आएको थियो । १९ औं अधिवेशनमा १ सय ६९ मत खसेको थियो ।13939293_1242618289133782_7121944693275861983_n
प्रगतिशील कानून व्यवसायी एशोसिशन (पीएलए) का तर्फबाट चुनावी प्यानलको नेतृत्व गरेका देवकोटाले ९२ मत प्राप्त गर्दा लोकतान्त्रिक कानून व्यवासायी एशोसिएशन (डीएलए) की उम्मेद्वार रानाभाटले ७६ मत मात्रै प्राप्त गरिन् । अध्यक्षबाहेक अधिकांश पदमा भने डीएलएका उम्मेद्वार विजयी भएका छन् ।
पदाधिकारीमध्ये उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा डीएलए विजयी भएको छ । सहसचिवमा भने पीएलएकी उम्मेदवार विजयी भएकी छन् । उपाध्यक्षमा डीएलएका लक्ष्मीप्रसाद पाठकले ९० मत पाउँदा पीएलएकी उम्मेदवार शिवकुमारी पाण्डेले ७४ मत प्राप्त गरिन् । सचिव पदमा डीएलएका राजेन्द्र सिलवाल विजयी भए । उनले ९३ मत ल्याए भने उनका प्रतिद्वन्द्वी पीएलएका रमेश काफ्लेले जम्मा ७२ मत ल्याए ।
कोषाध्यक्ष पदमा पीएलएका श्रीराम दवाडीले ९३ र पीएलएका विनोद मिश्रले ७२ मत ल्याए । सहसचिवमा पीएलएकी सरिता सापकोटा विजयी भएकी छन् । उनले ८५ मत ल्याउँदा डीएलएकी राधा उपाध्यायले ८० मत ल्याइन् । महिला सदस्यमा गोमा न्यौपानेले ८९ र भवानी लोहनीले ७८ मत ल्याइन् । विजयी न्यौपाने डीएलए समूहकी हुन् ।
सदस्यहरुमा ५ जना उम्मेदवारले समान मत ल्याएपछि गोलाप्रथाद्वारा निर्णय गरिएको छ । उनीहरु सबैले ८२ मत ल्याएपछि निर्णयका लागि गोला झिकिएको हो । प्रेमकुमार श्रेष्ठ (डीएलए), श्रीराम सापकोटा (डीएलए), सुरेन्द्रराज सुवेदी (डीएलए), जनकराम पौडेल (पीएलए) र हरिभक्त ढकाल (पीएलए)ले ८२ मत ल्याएका हुन् । गोला प्रथामा प्रेमकुमार श्रेष्ठ (डीएलए) सदस्य पदबाट बाहिरिए । सदस्यमा सबैभन्दा बढी मत हरिबहादुर मैनाली (पीएलए)ले कूल ८८ मत ल्याएका छन् । निर्वाचन कमिटीले दिएको जानकारीअनुसार शपि मियाँ (पीएलए) र शिवराम महतोले (पीएलए) समान ८३ मत ल्याएका छन् । सदस्य पदका अन्य उम्मेद्वारहरुमा रत्नभुवन श्रेष्ठले ७०, कमल कोइराला, ७८, बलराम पौडेल ६७, पूर्णचन्द्र चापागाईं ७५, तुल्सीराम पाण्डेले ७९, सीताराम कँडेलले ७८ मत ल्याएका छन् ।
केन्द्रीय पार्षदमा ७ जनाका लागि भएको निर्वाचनमा (डीएलए)का नीलकण्ठ अधिकारी १ सय ६ मत प्राप्त गरी एक नम्बरमा विजयी भए । केन्द्रीय पार्षद्मा महेश अधिकारी (डीएलए)ले ८९, दिवाकर भुषाल(डीएलए)ले ८७, भोलानाथ नेपालले (पीएलए) ८७, कमलकुमारी श्रेष्ठले (पीएलए) ८५, हिरादत्त तिवारी (डीएलए) ले ७८, विष्णुहरि कोइराला (डीएलए)ले ७०, रामगोपाल श्रेष्ठ (डीएलए)ले ७८, विजयराज ढकाल (डीएलए)ले ६५, केशवराज तिवारी (पीएलए)ले ६६, कृष्णप्रसाद पन्त (पीएलए)ले ७८, नारायण गिरी (पीएलए)ले ६९, जीवनज्योति विश्वकर्मा (पीएलए)ले ७८ र कृष्ण भण्डारी (पीएलए)ले ७४ मत ल्याएका छन् ।
बारलाई एकताबद्ध बनाउँछुः देवकोटा
अध्यक्षमा विजयी भएपछि देवकोटाले आफ्नो कार्यकालमा बारलाई अझै एकताबद्ध बनाएर अघि बढ्ने बताएका छन् । “मेरो कार्यकालमा बार एकताबद्धरुपमा अघि बढ्नेछ”, उनले भने, “बारको संरचनागत र भौतिक विकासमा मेरो जोड हुनेछ ।” उनले चुनावी नतिजा जे जसो भएपनि काममा यसको कुनै असर नहुने बताए । “चुनावमा समूहगतरुपमा अघि बढ्यौं”, उनले भने, “यो एउटा परिस्थितिको बाध्यता थियो । तर, काम गर्दा यसले केही अर्थ राख्दैन, सबै मिलेर अघि बढिनेछ ।” देवकोटाले आफ्नो कार्यकालमा पुराना र नयाँ कानूनी व्यवसायीबीच समन्वय र अद्यावधिक गर्ने बताए ।