नवलपरासीको पहिलो रेडियोको बार्षिकउत्सवका कार्यक्रम सार्वजनीक

लक्ष्मी पौडेल

नवलपरासी २२ साउन । नवलपरासीको गैँडाकोटमा रहेको सामुदायीक रेडियो विजय एफएम १०१ दशमलव ६ ले आफ्नो १३ बार्षिक उत्सवका अवसरमा १० दिने बिशेष कार्यक्रमम सार्वजनीक गरेको छ । आज (शनिबार) एफएम परिसरमा एक कार्यक्रम गरी रेडियोले १३ बर्ष पुरा गरी १४ बर्ष प्रवेशको अवसरमा आयोजना हुने कार्यक्रमहरु सार्वजनीक गरेको हो । बार्षिक उत्सव कार्यक्रमको पहिलो कार्यक्रम अन्तर्गत यही श्रावण २४ गते मंगलबार गैँडाकोट नगरपालीका र रजहर गाविसका प्रावि स्तरिय वतृत्वकला प्रतियोगिता आयोजना गर्ने रेडियो सञ्चालक समितीका अध्यक्ष ईन्द्रराज ज्योती पौडेलले जानकारी दिनुभयो । यस्तै रेडियोले नवलपरासीमा रहेका सरकारी कार्यालय प्रमुख हरुबिचको अन्तक्रिया साउन २६ गते गर्ने भएको छ ।

रेडियोले कसरी सरकारी निकायसंग सहकार्य गर्न सक्छ भन्ने बिषयमा नवलपरासीको सरकारी कार्यालयका प्रमुखहरुबिच अन्तक्रिया हुने स्टेसन म्यानेजर ध्रुवमणी पौडेलले जानकारी दिनुभयो । कार्यक्रम गुरु ग्रिनरी होटल, डाईभरटोल, परासीमा प्रमुख जिल्ला अधिकारी महादेव पन्थको प्रमुख आतीथ्यमा हुने रेडियोले जनाएको छ ।

यस्तै श्रावण २८ गते होटल क्वाईट, वेल्डियामा उच्च माविस्तरिय हाजिरीजवाफ प्रतियोगिता राखिएको छ । सहभागीताका लागी रेडियोले नवलपुर खण्डका सम्पुर्ण उच्च मावि हरुलाई आग्रह गरेको छ । यस्तै २९ गते विजय परिवारबिच मैत्रीपुर्ण फुटवल प्रतीयोगीतको आयोजना गरीएको छ । विजय परिवारमा रेडियो सहित प्रबद्र्धक संस्था विजय विकास श्रोत केन्द्र, विकु बचत तथा ऋण सहकारी संस्था, बिजय सामुदायीक उच्च माध्यमीक शिक्षा सदन र बिजय लघुवित्त रहेका छन् । खेल गैँडाकोटको काँग्रेसचोकको खेलमैदानमा हुनेछ ।

रेडियोले आफ्नो स्थापनाको १३ औ बार्षीक उत्सका अवसरमा श्रावण ३२ गते व्यवसायीविच अन्तक्रिया कार्यक्रम राखेको छ । यस्तै भाद्र १ गते विभिन्न संघ संस्थाहरुबिच विजय विकास स्रोतकेन्द्रको सभाहलमा अन्तक्रिया राखिएको छ । ४ गते सोही स्थानमा रक्तदानको कार्यक्रम राखिएको रेडियोका प्रशासन प्रमुख इश्वरी प्रसाद चापागाईले जानकारी दिनुभयो । अन्तीम दिन अर्थात रेडियो स्थापना दिवस भाद्र ५ गते वार्षिकोत्सब समापन मुल समारोह मौलाकालीका होटल प्रा ली गैडाकोटमा आयोजना गरीएको स्टेशन म्यानेजर पौडेलले जानकारी दिनुभयो । २०५७ सालमा स्थापना भई २०६१ भाद्र ५ गते बाट प्रशारण सुरु गरेको विजय एफएम नवलपरासीकै पहिलो रेडियो हो ।