सुस्ताका बालवालिका विद्यालयको पहुँच वाट वञ्चित

नविन पौडेल
नवलपरासी, साउन २२। नवलपरासी त्रिवेणीसुस्ताका अधिकासं वालवालिका विद्यालय जानवाट वञ्चित भएका छन् । अधिकासं दलित र पिछडीएका समुदाय वसोवास गर्ने वडा नम्मर ४ र २ का वालवालिका पढ्न ईच्छा भएपनी विद्यालयको पहुँच भन्दा वाहीर वस्नुपर्ने वाध्यता छ । sustaभारतीय अतिक्रमणमा परेको सुस्तामा प्राथमीक विद्याँलय भएपनी अभिभावक विहानै मजदुरी गर्न भारत तर्फ जाने हुदा वालवालिका घर कुरेर वस्नुपर्ने वाध्यता छ । कक्षा ५ पास भएका केही विद्यार्थी पनी नेपाल तर्फ अध्ययनका लागि नारायणी नदी तरेर जोखीमपुर्ण यात्रा गर्नुपर्दा विद्यालय जान छाडेको स्थानीय रामेश्वर मिश्रले वताउनुभयो । १ सय ५० घर रहेको सुस्तामा जनता दलित प्राथमीक विद्यालय रहेको छ । तर विद्यालयमा भने अधिकासं विद्यार्थि जादैनन् । विद्यार्थी भर्ना त गरीएको छ तर अभिभावक लाई छोराछोरी विद्यालय पठाउनुपर्छ भनेर जनचेतना जगाउन नसक्दा यस्तो समस्या आएको विद्यालयले जनाएको छ । माध्यमीक शिक्षाका लागि नारायणी नदि तरेर जोखीमपुर्ण यात्रा गर्नुपर्ने भएकाले पनी अधिकासं वालवालिका विद्यालयको पहुच वाट बाहीर वस्नुपर्ने वाध्यता छ ।