कार्नेटद्धारा बालबालिकालाई खेलौनासहित शैक्षिक सामाग्री वितरण (भिडियोसहित)

सरस्वतीकुमारी शर्मा
चितवन, २२ साउन । पश्चिम चितवनको नारायणी नगरपालिका–१ भगांहाको थारु बस्तीका बालबालिकालाई खेलौनासहित शैक्षिक सामाग्री वितरण गरिएको छ ।
गाउमा रहेका बालबालिकाहरुलाई खेल्दै सिक्दै कार्यमा सहयोग पु¥याउने उद्देश्यले कार्नेट नेपालको पहलमा बालबालिकालाई खेलौनासहित शैक्षिक सामाग्री वितरण गरिएको हो । अमेरिकामा रहेका बालबालिकाहरुले सहयोग गरि पठाएको सामाग्री १ सय १ जना बालबालिकालाई समाजसेवी अनिल पाण्डे र कार्नेट नेपालका केन्द्रिय सदस्य शरद आचार्यले संयुक्त रुपमा प्रदान गरेका थिए ।

अमेरिकी बालबालबालिका आफ्नो पकेट र टिफिन खर्च कटाएर पठाएको सामाग्री विगत सन् २००७ देखि कार्नेटले देशैभरका सरकारी विद्यालयमा पढ्ने र गरिबी बालबालिकालाई बाड्दै  आएको आचार्यले बताए । यस चितवनबाट सुरु गरिएको मुलुकभरका १ लाख बढी सरकारी र गरिबी बालबालिकाहरुलाई ति सामाग्री वितरण गर्ने उनले जानकारी समेत सो अवसरमा गराए ।