धादिङको सवारी दुर्घटनामा २ जनाको मृत्यु

 
साउन २२ धादिङ । धादिङको गजुरीमा ट्रक र तरकारी बोक्ने गाडी ठक्कर खाँदा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन । 13936571_1143174505739259_825204441_nगजुरी फुर्केखोलामा ना ३ च ६२०९ नम्बरको तरकारी बोक्ने गाडी र ना ५ ख ९२०६ नम्बरको ट्रक ठोक्किँदा सप्तरीका मणिप्रसाद गुप्ता र चितवन खैरेनी ५ का साजेश चौधरीको ज्यान गएको हो । मणिप्रसाद गुप्ताको गजुरीमा र साजेश चौधरीको उपचारका लागि काठमान्डौँ लैजादैँ गर्दा बाटैमा ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।13900751_1143174512405925_1491001003_n

दुर्घटनामा घाइते भएका तरकारी बोक्ने गाडीका चालक चितवन चैनपुरका विवेक रावलको काठमाडौंमा उपचार भैरहेको छ । मृत्यु भएका दुबै जना पनि तरकारी बोक्ने गाडीमा सवार थिए ।