चितवन जिल्ला स्तरिय तीज कप नकआउट फुटबल प्रतियोगिताको तयारी तिब्र ।

सुदिप देवकोटा /अनिल भट्टराई – साउन २१, चितवन
चितवनमा जिल्ला स्तरीय तीज कप नकआउट फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । सुन्दर संगम यूवा क्लब सुन्दरबस्तीको आयोजनामा प्रतियोगिता गर्न लागिएको हो। ‘सुन्दर संगम यूवा क्लबको आब्हान निरन्तर खेलकुद बिकाश र सम्बृद्धिमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ हरितालिका तीजको अवसर पारेर प्रतियोगीता गरिएको आयोजकले जनाएको छ । यही भदौ ४ गतेबाट भरतपुर उपमहानगरपालिका २९ स्थित सुन्दरबस्तीको खेलमैदानमा प्रथम तीज कप जिल्ला स्तरिय नकआउट फुटबल प्रतियोगिता २०७३ आयोजना गरिने भएको छ । साथै खेल प्रेमी सम्पूर्णमा यस प्रतियोगितालाई भब्य र सभ्य ढंगबाट सम्पन्न गराउनका लागि आर्थिक, भौतिक र नैतिक सहयोग गरि महत्वोपूर्ण भूमिका निभाउन समेत आग्रह गरिएको छ । टिम दर्ता गर्ने अन्तीम मिति यहि भदौ १ गते बेलुका ५ बजे सम्म रहेको क्लबका अध्यक्ष लछुराम बिश्वकर्माले जानकारी दिनुभएको छ । प्रतियोगितामा प्रथम हुनेले रु ६०,००० द्धितियले रु ३०,००० सान्तोनाहुनेले रु १०,००० र आनुशासित टीमलाई १०,००० को पुरस्कार राशि रहेको आयोजकले जानकारी दिएको छ । कार्यक्रमलाई राष्ट्रिय संगीतकार एब्म गायक तुला पर्बतले प्रथम पुरस्कार ६० हजार प्रदान गर्नुभएको हो । नारायणी उधोग बाणीज्य सघंका अध्यक्ष बिजय घलेले ४५ हजार , संगीत आकाशका नृत्य निर्देशक संजय घिमिरे ३० हजार , पूर्व खेलाडी खेम भण्डारी १० हजार ,आसिश भण्डारी १० हजार ,सागर भण्डारी १० हजार र भेटघाट रेस्टुरेन्ट नारायणगढका प्रो.गोबिन्द तिवारी १० हजार ले सहयोग प्रदान गर्नुभएको छ । प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीहरुको पनि सहभागिता रहने क्लवका सचिव मनोज मल्लले जानकारी दिनुभएको छ ।