नवलपरासीमा अवैध लागु औषधसहित दुईजना पक्राउ

नवलपरासी, साउन २० । नवलपरासीमा अवैध लागु औषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। drug
भुजहवा प्रहरी चौकीले भुजहवा बजारबाट लागू औषधसहित नवलपरासी भुजहवा–३ का राहुल लोहार र कामरुदिन अलि धनियालाई ७० वटा कोरेक्स, ५६० थान पीस स्पासमोल र १२० थान माइक्रोभेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
भारतको नजिक बजार लक्ष्मीपुरबाट उक्त आगुऔषध किनेर ल्याएको हुन सक्ने प्रहरीले बताएको छ।