मिर्गौला रोगीलाई आर्थिक सहयोग

 

चितवन, साउन २० । चितवनकी एकजना मिर्गौला रोगी महिलालाई आर्थिक सहयोग उपलब्ध गराइएको छ ।
भरतपुर उपमहानगरपालिकाकी मिर्गौला रोगी २३ वर्षीया रुपा लामालाई रु एक लाख ३० हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको हो । रियाद लाङघाली स्पोटर््स ग्रुप साउदी अरबले आर्थिक सङ्कलन गरेर सहयोग गरेको हो ।
ग्रुपका अध्यक्ष दीपक रेग्मीले पठाएको रकम उहाँकी पत्नी रेखा रेग्मीले सहयोग उपलब्ध गराउनुभएको हो । उहाँले यो सहयोगले उनको उपचारमा थप टेवा पुग्ने बताउनुभयो । दुवै मिर्गौला फेल भएकी उनको अहिलेसम्म नागरिकता नबनेकाले सहयोग सङ्कलनमा समस्या भइरहेको छ ।
नागरिकता नबनेको थाहा पाएपछि चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले नागरिकता बनाउन आफूले सहयोग गर्ने बताउनुभयो । उहाँले छिटोभन्दा छिटो वडाबाट सिफारिस ल्याउनसमेत आग्रह गर्नुभयो ।
दुवै मिर्गौला खराब रहेकी लामाको गएको पुसदेखि डायलाइसिस भइरहेको छ । उहाँको परिवार आर्थिकरुपले कमजोर छ । शान्ति समिति चितवनका संयोजक बद्री तिमिल्सिनाले उनलाई सहयोग गर्न अपिल पनि गर्नुभएको छ ।