शिवनगर बजारमा प्रचण्ड प्रधानमन्त्री भएको खुसियालीमा दिपावली

अनिल भट्टराई
चितवन, १९ साउन  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको खुसियालीमा गृह जिल्ला चितवनमा दिपावली गरिएको छ । पश्चिम चितवनको शिवनगर बजारमा माओवादी केन्द्रका स्थानिय नेता कार्यकर्ताले साझ दिपावली मनाएका हुन् ।20160803_193023
चितवनका छोरा प्रचण्ड प्रधानमन्त्री बन्नु यो जिल्लाका लागी गौरवको विषय भएको माओवादी केन्द्र चितवनका अध्यक्ष यम बहादुर परियार ईन्द्रजितले बताउनुभयो । अहिलेको अवस्थामा खुसि सगै चुनौतिहरुको पनि सामना गर्नुपर्ने जिम्मेवारी यो सरकारलाई रहेको ईन्द्रजितले बताउनुभयो । प्रचण्डले ०२६ सालमा चितवनको शिवनगरस्थित नारायणी विद्यामन्दिरबाट एसएलसी पास गरे ।
त्यसपछि उनले ०२७ देखि ०२९ सम्म पाटन बहुमुखी क्याम्पसमा आइएस्सी पढे । त्यसपछि ०३१ देखि ०३६ सालसम्म चितवनको रामपुर कृषि क्याम्पसमा कृषिमा बीएस्सी गरे । उनले एमपीएसम्मको अध्ययन गरेका छन् ।१० कक्षामा उनले आफ्नो नाम फेरेर पुष्पकमल दाहाल बनाए । कास्कीबाट प्रचण्डको परिवार ०१९ सालमा चितवन शिवनगरमा बसाइँ सरेको हो । प्रचण्डले केही समय शिक्षकको भूमिका पनि निभाएका छन् । ०२९ सालमा उनले शिवनगरमा शिक्षकको भूमिका निभाएका थिए । ओली सरकार ढालेको चौतर्फि आरोप खेपेका प्रचण्डले अव चाहि चितवनका लागी केहि विकास गर्छन् कि भन्ने चितवनका कार्यकर्ता र शुभेच्छुको आश रहेको छ ।