प्रचण्ड गृह जिल्लामा दिप प्रज्वलन गर्दै खुसीयाली मनाईयो (तस्वीर र भिडियोसहित)

राजेन्द्र आचार्य
चितवन, १९ साउन । मुलुकको ३९ औ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएपछि गृह जिल्लाको तीन ठाउंमा दिप प्रज्वलन गर्दै खुसीयाली मनाईएको छ । 13900720_1163492237025913_505499386_nनेपालको प्रजातान्त्रिक इतिहासमा अहिलेसम्म कम्युनिष्ट नेता एकपटक मात्र प्रधानमन्त्री बनेकोमा प्रचण्ड दुईपटक कम्युनिष्टबाट नेपालको प्रधानमन्त्री हुने इतिहास बनाएपछि यहां दिपावलीसहित खुसीयाली मनाईएको नेकपा माओवादी केन्द्र चितवनकी प्रवक्ता संगीता भट्टराईले जानकारी दिईन् । 13866967_1163491800359290_183832561_nप्रधानमन्त्रीमा निवाचित भएपछि चितवनको भरतपुर चौविकोठी, पश्चिम चितवनको प्रचण्ड गाउं शिवनगर र पूर्वी चितवनको रत्ननगरमा स्थानीयसहित नेता कार्यकर्ताहरुले दिपावली मनाएका हुन् ।

13882405_1145516655521444_2292914791601080884_n उनीहरुले प्रचण्डको सामिप्यता रहेको भन्दै प्रधानमन्त्री भएकोमा विभिन्न नाराबाजीसहित खुसीयाली साटासाट गरेका थिए । कास्कीको ढिकुरपोखरीमा जन्मिएका प्रचण्ड २०१९ सालदेखि चितवनमा बस्दै आएका थिए । 13942200_1163491810359289_1984381666_nबसाईसरी चितवन आएपछि चितवन बस्दै आएकाले प्रचण्डको गृहजिल्ला चितवन बनेको हो । शिवनगरस्थित नारायणी विद्यामन्दीरबाट उनले एसएलसी उर्तिण गरेका थिए । २०३१ सालदेखि ०३६ सालसम्म चितवनको रामपुर कृषि क्याम्पसमा कृषिमा बीएस्सी गरेका थिए । ०२९ सालमा उनले शिवनगरमा शिक्षकका रुपमा कार्यरत थिए । उनी ०३६ सालमा चितवन जिल्ला कमिटी सदस्य थिए । प्रधानमन्त्री प्रचण्डका राजनितिक गुरु खम्बासिहं कुवंर काजी बा समेत चौविसकोठीको दिपावली कार्यक्रममा सहभागी हुदै आफु निकै खुसी भएको बताए । काजी बाले भने पहिला प्रधानमन्त्री हुदां जनताको धेरै माग पुरा गर्न पाहुनुभएको थिएन्, अब ति सबै अधुरा कामसगै देशलाई नयां क्रान्ति तर्फ उन्मुख गर्नुपर्नेमा जोड दिए । उनले भावी कमजोरीलाई आत्मसाथ अगाडी बढ्न समेत सुझाव थिए । साथै गरिब निमुखा जनजातिको कल्याण हुने काम गर्न आग्रह गरेका थिए ।