जिविसको जिल्ला निकाशी ठेक्का रद्द , अनशन पनि तोडियो

नवलपरासी, १९ साउन । जिल्ला विकास समिति नवलपरासीले आर्थिक बर्ष २०७३/०७४ का लागि लगाएको जिल्ला निकाशी ठेक्कामा विवाद भएपछि जिल्ला विकास समिति नवलपरासीको मंगलबारको सर्वदलीय बैठकले रद्द गर्ने निर्णय गरेको छ ।

स्थानीय विकास अधिकारी लालकृष्ण शर्मा पौडेलले एकलौटी तरिकाले गत बर्षको भन्दा झण्डै रु तीन करोड कम मा अनुपम निर्माण सेवा पाल्पा संग ठेक्का सम्झौता गर्न लागेपछि ब्यापक बिरोध भएकाले ठेक्का रद्द भएको हो । जिल्ला विकास समिति नवलपरासीले गत बर्ष जिल्ला निकाशीको ठेक्का रु चार करोड ५० लाखमा लगाएको थियो ।

यस बर्ष ठेक्का आब्हान भएकोमा रु एक करोड ३१ लाखलाई ठेक्का परेपछि स्थानीय नागरिक समाजले बिरोध गरेको थियो । निर्णय नसच्चाए सम्म आमरण अनशनमा बसेको नागरिक समाज नवलपरासीका अध्यक्ष शम्भु उपाध्यायले ठेक्का रद्दको निर्णय संगै अनशन तोडेका छन् । दुई दिन देखि उनी अनशनमा बसेका थिए ।

पत्रिकामा सूचना निकालेर ठेक्का आब्हान गरिएको र त्यसैका आधारमा बढी हुने अनुपम निर्माण सेवा पाल्पालाई ठेक्का परेको स्थानीय विकास अधिकारी लालकृष्ण शर्मा पौडेलले ठेक्का सम्झौता गर्न लागेका थिए । नयाँ ठेक्का लागि बुधबार पुन : जिल्ला विकास समितिले ठेक्का सूचना प्रकाशित गरेको छ ।