गैडाकोटमा विद्यालयमा बक्सीङ क्लब

गैडाकोट, साउन १९ । स्कुल तहबाटै बक्सीङ खेल विकास गर्ने गरि नवलपरासीमा स्कुल स्कुलमा बक्सीङ क्लब गठन गर्ने अभियान सुरु गरिएको छ । केन्द्रीय बक्सीङ संघको निर्णय अनुसारनै विद्यालयहरुमा बक्सीङ क्लब गठन गर्न थालिएको जनाइएको छ । boxing-गैडाकोट नमुना उच्च माविका प्रिन्सीपलको संयोजकत्वमा ९ सदस्यीय बक्सीङ क्लब गठन गरिएको हो । विद्यालयका २५ जना विद्यार्थीलाई लक्षित विशेष प्रशिक्षण समेत सुरु भएको बक्सीङ प्रशिक्षक दलबहादुर रानाले बताए । नवलपरासीका सबै क्षेत्र समट्ने गरि कम्तीमा १८ स्कुलमा क्लबहरु गठन गरिने लक्ष्य रहेको केन्द्रीय बक्सीङ संघका केन्द्रीय सदस्य लक्ष्मण कार्कीले जानकारि दिए । कक्षा ६ देखि ९ कक्षाका विद्यार्थीहरुलाई हरेक दिन बक्सीङ खेलबारे जानकारि तथा प्रशिक्षण दिइने उनले बताए ।
जिल्ला बक्सीङ संघ नवलपरासीका अध्यक्ष महेन्द्रभक्त अधिकारी, गैडाकोट खेलकुद समितिका सचिव प्रकाश पौडेल, गैडाकोट महिला फुटबल संघकी सचिव दुर्गा घिमिरे, खेलकुदा समितिका कोषाध्यक्ष भरत सुवेदी लगायतले खेल विकासमा क्लबले सघाउने बताए ।