देब्रे आँखामाथि चितवनमा पनि बिमर्श गरिने

तुलमान गुरुङ्ग

चितवन साउन १९ । कवि एवम् निबन्धकार रेशम बिरहीको निबन्ध संग्रह देब्रे आँखामाथि चितवनमा पनि बिमर्श गरिने भएको छ । अग्रगामी समाज नेपालले यहि साउन २२ गते निबन्ध संग्रह देब्रे आँखामाथि भरतपुर १०, स्थित सगुन पार्टि प्यालेसमा बिमर्श गर्न लागेको हो । सो कार्यक्रमका लागि सम्पूर्ण तयारी सकिएको आयोजक संस्थाले जनाएको छ । YAMABA
वर्षै पिच्छे नेपाली साहित्यसंग सम्बन्धित विभिन्न उत्कृष्ट कार्यक्रम गर्दै आएको समाजले यस वर्ष निबन्धकार रेशम विरहीलाई अगाडि ल्याउने प्रयास गरिएको समाजका अध्यक्ष कवि तथा साहित्यकार प्रभाकर पण्डितले जानकारी दिनुभयो ।
यस अघि ६ वटा कृति प्रकाशन गरिसक्नुभएका कवि तथा निबन्धकार बिरहीको सातौं निबन्ध कृति देब्रे आँखामाथि नेपालगञ्ज र ईटहरीमा बिमर्श कार्यक्रम सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो । चितवन, लेखक बिरहीको आफ्नै गृहजिल्ला भएका कारण पनि यो बिमर्श कार्यक्रमले विषेश महत्व राख्ने अध्यक्ष पण्डितले जानकारी दिनुभयो ।
पछिल्लो समयका शसक्त निबन्धकार रोशन शेरचन प्रमुख अतिथि तथा समिक्षकको रुपमा रहेको सो कार्यक्रममा डा।धनेश्वर भट्टराई, डा।केशव चालिसे र कवि तथा निबन्धकार भूपीन पनि समिक्षकको रुपमा रहने अध्यक्ष पण्डितले बताउनुभयो ।
नेपाली साहित्यको संरक्षणमा सदैव लागी परेको समाजले आगामी दिनहरुमा पनि नेपाली साहित्यको संरक्षणलाई निरन्तरता दिँदै जाने उहाँले बताउनुभयो ।
विशेष गरि नेपाली गजलसंग सम्बन्धित कार्यक्रमहरुलाई जोड दिँदै आएको समाजले पछिल्लो समय भने नेपाली साहित्यीक क्षेत्रका सबै विधालाई समेटेर कार्यक्रम गर्दै आएको समाजका सचिव साहित्यकार विनोद अनुजले जानकारी दिनुभयो ।
चितवनमा गजलका विशेष कार्यक्रम मार्फत पहिचान दिन सफल अग्रगामी समाजले समग्रमा नेपाली साहित्यका अन्य विधालाई पनि उत्तिकै महत्व दिनुपर्छ भन्ने उद्धेश्यले साहित्यसंग सम्बन्धित हरेक खालका कार्यक्रमहरु गर्दै आएको सचिव अनुजको भनाई छ । सोही अनुरुप उत्कृष्ट नेपाली साहित्यकारहरुको सम्मानका लागि यस पटक निबन्धकार रेशम बिरहीको निबन्ध संग्रहमाथि बिमर्श गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
चितवन रामपुरका स्थायी निबासी बिरहीका यसअघि थालथालमा सपना, मंगली गुप्ताको पानलगायत ६ वटा विभिन्न कृति प्रकाशित भइसकेका भइसकेका छन् ।
वि।सं।२०६५ स्थापना भएको संस्थाले हरेक वर्ष आफ्ना उत्कृष्ट कार्यक्रमहरु गर्दै आएको छ । स्थापनाकालदेखी हालसम्म करिब एक दर्जन सम्झना लायक साहित्य सम्बन्धि कार्यक्रम गरिसकेको संस्थाले यस कार्यक्रमलाई पनि विशेष महत्वका साथ संयोजन गर्ने तयारी गरेको आयोजक संस्थाले जनाएको छ ।