चितवनमा सेनापति र प्रहरी महानिरीक्षकलाई नागरिक सम्मान ( भिडियो र तस्वीरसहित)

राजेन्द्र आचार्य / शिव आचार्य
चितवन, १९ साउन । चितवनमा एकसाथ सुरक्षा निकायका दुई प्रमुखलाई चितवनका युवाहरुको तर्फबाट नागरिक सम्मान गरिएको छ ।
एभरेष्ट क्लब भरतपुर चितवनमा आयोजना गरेको नारायणी मोटर्स तेस्रो चितवन च्याम्पियनसीप कप फुटबल प्रतियोगिताको फाईनल खेलको अवसर पारि ताम्रापत्र र ढोसल्ला ओढाई सम्मान गरिएको थियो । 13933220_1163384987036638_1805587347_n
सो अवसरमा नेपाली सेनाका प्रधानसेना पति राजेन्द्र बहादुर क्षेत्री र नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह र एभरेष्ट क्लबका अध्यक्ष अशोक देवकोटाले संयक्त रुपमा सम्मान गरेका थिए ।

13874693_1163385047036632_859849561_n13933486_1163384957036641_2086081869_n
नेपाल सुरक्षाका महत्वपूर्ण भूमिका, समाजिक सेवा सक्रियसगै युवाहरुलाई खेल क्षेत्रमा प्रोसाहन गरेको भन्दै प्रतियोगिताको अवसर पारी सम्मान गरिएको एभरेष्ट क्लबका सल्लाहकार सन्तोष पनेरुले जानकारी दिए ।
सम्मानभएसगै दुवै सुरक्षा निकायका प्रमुखले चितवनबाट प्रदान गरिएको नागरिक सम्मान थप हौसला थपेको प्रतिक्रिया दिए ।