नेपालीहरु अझै पनि विमा गर्ने तर्फ सचेत छैनन्

चितवन, १९ साउन । अधिकांश नेपालीहरु अझै पनि विमा गर्ने तर्फ सचेत नभएको बुधवार भरतपुरमा आयोजित एक कार्यक्रममा बताइएको छ । यूनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले बैंकरहरुलाई लक्ष्ँित गरी आयोजना गरेको विमा सम्बन्धी एकदिने कार्यशालाको क्रममा बाह्य मुलुकको तुलनामा नेपालमा विमा गर्ने व्यक्तिहरुको संख्या न्यून रहेको बताइएको छ ।life-insurance नेपालको कुल जनसंख्या मध्ये ५ प्रतिशतले मात्रै विमा गरेको कम्पनीका नारायणगढ शाखाका प्रबन्धक राम गुरुङले बताउनुभएको हो । बैंकरहरुको कार्यदक्ष्ँताई वृद्धि गर्नका लागि इन्स्योरेन्सको सिद्धान्त बारे जानकारी गराउन कार्यशालाको आयोजना गरिएको हो ।कार्यशालाका सहभागीहरुलाई जिवन विमा, अग्नि विमा, सवारी विमा, घर विमाहरु गर्दा के कस्ता कुराहरुको ध्यान दिनुपर्छ, विमाहरु कसरी दर्ता गर्ने भन्ने विषयमा यूनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका वरिष्ठ प्रबन्धक अनिल अर्यालले सहजिकरण गरेका थिए । अर्यालका अनुसार गत वर्ष गएको भुकम्पका पश्चात नेपालीहरुमा पनि विमा गर्नुपर्छ भन्ने चेतना भने वृद्धि भएको छ । वाली तथा पशुपंक्ष्ँी विमाका लागि नेपाल सरकारको तर्फबाट ७५ प्रतिशत अनुदानको व्यवस्था गरिएकोले किसानहरुलाई वाली तथा पशुपंक्ष्ँी विमा गर्न पनि अर्यालले आग्रह गरेका छन् ।बिहिवार हेटौंडामा सञ्चालन गर्न लागिएको यस कार्यशाला शुक्रवार विरगञ्जमा तथा भदौमा विराटनगर, बुटवल, भैरहवा, नेपालगञ्ज, धनगडी, लगायतका ठाउंहरुमा आयोजना गरिंदै छ । अधिकारीका अनुसार नेपालमा विमा गर्ने मध्ये धेरैले मोटर विमा गरेका छन् । कम्पनीका नारायण शाखाका प्रबन्धक राम गुरुङका अनुसार हाल चितवनमा १७ वटा विमा कम्पनीहरु रहेका छन् । यि कम्पनीहरुले ४० देखी ४५ करोडको व्यापार गरिरहेको गुरुङको भनाई छ । बुधवार चितवनमा आयोजना गरिएको कार्यशालामा चितवन तथा नवलपरासीका केही भागहरुबाट ४० वटा बैंकका ६० जना बैंकरहरुको सहभागिता रहेको थियो ।