प्रचण्ड दोश्रो पटक प्रधानमन्त्री, रचे इतिहास !

 

काठमाडौं, १९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री पदमा चुनिएका छन् । संसदमा भएको मतदानबाट अत्याधिक मत प्राप्त गरेर प्रचण्ड देशको ३९ औं प्रधानमन्त्री बनेका हुन् ।Prachanda-PM-Nomination-2-640x427

प्रचण्डले कुल ५७३ मध्ये ३६३ मत प्राप्त गरी प्रधानमन्त्रीमा निर्वाचित भएको जानकारी सभामुख ओनसरी घर्तीले जानकारी दिइन् । प्रचण्डको विपक्षमा केवल २१० मत परेको थियो ।
एमाले नेता माधव नेपाल, झलनाथ खनाल, तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री बनाउने मात्र नभएर गैरदलीय व्यक्ति खिलराज रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाउन सबैभन्दा महत्वपूर्ण र निर्णायक भूमिका खेलेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुर्लभ इतिहास रचेका हुन् ।

नेपालको प्रजातान्त्रिक इतिहासमा अहिलेसम्म कम्युनिष्ट नेता एकपटक मात्र प्रधानमन्त्री बनेका छन् । तर, प्रचण्डले दुईपटक कम्युनिष्टबाट नेपालको प्रधानमन्त्री हुने इतिहास बनाएका हुन् ।

प्रचण्ड नेपालकै दोस्रो कम्युनिष्ट प्रधानमन्त्री बनेका थिए भने दुईपटक एकै व्यक्ति प्रधानमन्त्री बन्ने सौभाग्य पनि पहिलोपटक प्रचण्डले नै पाएका छन् । पहिलो कम्युनिष्ट प्रधानमन्त्री एमालेबाट २०५१ सालमा मनमोहन अधिकारी बनेका थिए ।

कम्युनिष्ट नेताका रुपमा मनमोहन अधिकारी २०५१ सालमा पहिलोपटक नेपालको प्रधानमन्त्री भएका थिए । त्यसपछि पहिलो संविधानसभापछि प्रचण्ड त्यसपछि माधव नेपाल, बाबुराम भट्टराई, झलनाथ खनाल प्रधानमन्त्री बनेका हुन् । त्यसपछि फेरि प्रचण्डलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । पहिलो संविधानसभापछि पहिलो दलको रुपमा सरकार बनाएका प्रचण्डले संविधान बनेपछि भने तेस्रो दल बनेर पनि प्रधानमन्त्री बन्ने सौभाग्य पाएका हुन् ।