विद्यालय निर्माणमा चौबीस करोड खर्च

वसन्त ढुंगाना
चितवन, १९ साउन । चितवनका सामुदायिक विद्यालयहरुको भौतिक संरचना निर्माणको लागि आर्थिक वर्ष २०७२÷७३ मा २४ करोड ५२ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । edu offic
जिल्ला शिक्षा कार्यालय चितवनका अनुसार, विद्यालयको भवन, कक्षाकोठा निर्माण, मर्मत, शौचालय निर्माणको लागि यो रकम खर्च भएको हो । कार्यालयले विद्यालयको भौतिक गुणस्तर सुधार गर्नका लागि नयाँ भवन तथा पुराना भवनहरुलाई मर्मत गर्ने काम गरिरहेको छ ।
आर्थिक वर्ष २०७२/७३ मा पाँच सय ३१ वटा नयाँ कक्षाकोठा निर्माण भएको सहायक जिल्ला शिक्षा अधिकारी रामचन्द्र खनियाँले जानकारी दिए । कक्षाकोठा निर्माण गर्नको लागि १९ करोड ५४ लाख ९२ हजार रुपैयाँ खर्च भएको छ । जिल्लामा एक सय ५२ वटा कक्षाकोठा मर्मत गरिएको जिल्ला शिक्षा कार्यालय चितवनको तथ्याङ्कमा उल्लेख छ । यी योजनामा छुट्याइएको बजेट शत प्रतिशत खर्च भएको छ ।
जिल्ला शिक्षा कार्यालयका अनुसार, चारकोठे भवन छ वटा, दुईकोठे भवन एक सय ८२ वटा, तीनकोठे १७ वटा, चारकोठे विद्यालय भवन निर्माण १७ वटा, छकोठे भवन चार वटा निर्माण भएका छन् । त्यस्तै बहुवर्षीय कार्यक्रम अन्तर्गत आठकोठे चार वटा भवन निर्माणको काम सम्पन्न भएको छ । जसको बजेट ९६ लाख रहेको कार्यालयले जानकारी दिएको छ ।
भूकम्पले गर्दा जिल्लाका विद्यालयहरुमा ठूलो क्षति पु¥याएका कारण शिक्षा मन्त्रालयले विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ठुलो रकम छुट्याएको थियो । त्यस बजेटमध्ये ८० प्रतिशत काम सम्पन्न भएको जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले बताए । ‘भूकम्पले गर्दा पहाडी जिल्लामा ठुलो क्षति पु¥याएको थियो ।
‘आधिकांश कामहरु सम्पन्न भएका छन् । भौतिक पूर्वाधारतर्फ दुई वर्षमा सक्नुपर्ने छकोठे भवन र आठकोठे भवनका योजनाहरु पनि छन्’ उनले भने, ‘छकोठे भवन निर्माण र आठकोठे भवन निर्माणका योजनाहरु अधिकांश सम्पन्न हुने अवस्थामा छन् । छकोठे एउटा भवन र आठकोठे एउटा भवनको निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन ।’ त्यो भवन निर्माण कार्य सुरु नभएका कारण बजेट रोक्का गरेर राखेको आचार्यले बताए ।
भौतिक संरचना सुधारले गर्दा विद्यालयको शैक्षिक गुणस्तरमा पनि सुधार आउने उनको धारणा छ । निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरको कमी भए पनि बिस्तारै बढ्दै जाने उनले बताए । भूकम्पले क्षति पु¥याएको आठ वटा पहाडी गाविसमा भवन मर्मतका कामहरु बढी भएको सहायक जिल्ला शिक्षा अधिकारी खानियाँले बताए ।
‘एक सय तीन वटा कक्षाकोठा भूकम्पबाट सामान्य क्षति पुगेका विद्यालयहरुको मर्मत गरेका छौँ । भूकम्पबाट अधिक क्षति पुगेका ४० वटा कक्षाकोठा विद्यालय भवन मर्मत गरेका छौँ’ खनियाँले भने, ‘भूकम्पले क्षति पु¥याएको विद्यालय भवनको मर्मत गर्नका लागि दुई करोड तीन लाख रुपैयाँ खर्च भएको छ ।’ एक सय तीन वटा कक्षा कोठा निर्माणको लागि प्रत्येक कोठामा एक लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिए ।
कार्यालयले भौतिक सुविधा कार्यक्रम अन्तर्गत फर्निचर निर्माण, शौचालय निर्माण, खानेपानी व्यवस्थापन समेत गरेको छ । गत आर्थिक वर्षमा ५४ वटा शौचालय निर्माण भएका छन् । खानेपानी व्यवस्थापन तथा फर्निचर व्यवस्थापनतर्फ दुई करोड १५ लाख ५० हजार खर्च भएको छ । खानेपानी व्यवस्थापन चार, कक्षाकोठा पुनःस्थापना तथा फर्निचन व्यवस्थापन नौ, शौचालय मर्मत तथा खानेपानी व्यवस्थापन १३ वटा विद्यालयमा भएको कार्यालयले जनाएको छ ।
जिल्ला शिक्षा कार्यालयको भौतिक सुविधा बिस्तारको लागि ६ लाख ३८ हजार रुपैयाँ खर्च भएको छ । जिल्ला शिक्षा कार्यालयको भवन मर्मत, कार्यालयको फर्निचर, अगुवा स्रोत केन्द्र तथा स्रोतकेन्द्रका लागि ल्यापटप, फोटोकपी, प्रिन्टर, प्रोजेक्टर खरिदमा उक्त रकम खर्च भएको कार्यालयले जनाएको छ ।