रकम तत्काल वितरण गर : नेता गुरुङ

 

चितवन, १८ साउन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता धनराज गुरुङले भुकम्प पिडितका लागि घोषणा गरिएको रकम तत्काल वितरण गरेर उदाहरणिय काम देखाउन अब बन्ने नयाँ सरकारलाई आग्रह गर्नुभएको छ । देखिनेगरी काम गर्न र सुशासनको योजना सहित अघि बढ्न उहाँले आउने नयाँ सरकारलाई सुझाव दिनुभएको छ ।DSC06534

चितवनको भरतपुरमा आजदेखि शुरु नेपाल साँकृतिक संघको जिल्ला अधिवेशन उद्घाटन पछि मन्तव्य राख्नुहुँदै उहाँले भन्नुभयो, ‘भोली सरकार बन्द, पर्सी देखि नै सरकारले घोषणा गरेको भुकम्प पिडितको रकम दिनुपर्छ, बल्ल काम गरेको ठहर्छ ।’उहाँले मन्त्री भएर को जान्छ, जाँदैन ठुलो कुरा नभएको उल्लेख गर्नुहुँदै जनतालाई सेवागर्ने योजना लिएर जानुपर्नेमा जोड दिनुभयो ।

देशका लागि मन्त्री भएको मान्छे साह्रै कम देखेको स्मरण गर्दै गुरुङले चेतावनीका साथ भन्नुभयो, ‘अब कुनै पनि नेताले एक सय पनि भ्रष्टाचार गर्यो भने केन्द्रिय समितिको छलफलमा आवाज उठाउने व्यक्ति मै हुने छु ।’उहाँले हिजोको कमि कमजोरीबाट पाठ सिकेर अघि बढ्न समेत सुझाव दिनुभयो । दाम र नामका लागि मन्त्रि नहुन समेत उहाँले आग्रह गर्नुभयो ।

पटक पटक राजनीतिक परिवर्तन भएपनि संस्कार परिवर्तन हुन नसकेको उहाँको भनाई थियो । उहाँले भ्रष्टाचारमुक्त समाज निर्माणका लागि तीन जना साँसद मिलेर सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको समेत सो क्रममा प्रष्ट्याउनु भयो । कार्यक्रममा बोल्दै नेपाल साँस्कृतिक संघका केन्द्रिय सभापति तिर्थ थापाले भाषा, साहित्य, परम्परा, धर्म र संस्कृतिको वकालत गर्ने संस्कृतिक संघ हेलित भएको भन्दै आगामी दिनमा संघका विषयमा गम्भिर हुन आग्रह गर्नुभयो । उहाँले हेलाँमा परेपनि कर्तव्य नभुल्न समेत संघका कार्यकर्ताहरुलाई आग्रह गनुभयो ।

काँग्रेस चितवनका सभापति जित नारायण श्रेष्ठले संस्कृति र कलाको माध्यामबाट पार्टीका विचारहरुलाई गाउँगाउँ पुर्याउन कलाकारहरुलाई आग्रह गर्नुभयो । संघका जिल्ला कार्यबाहक अध्यक्ष गौरीश्वर रिजालको अध्यक्षतामा भएको दोस्रो जिल्ला अबिधेशनले नयाँ कार्यसमिति चयन गर्ने छ । अहिले साँस्कृतिक संघले जिल्ला जिल्लामा अधिवेशन गरिरहेको छ । अहिलेसम्म नेपालमा ३० जिल्लामा अधिशेसन सकिएको संघका केन्द्रिय सदस्य करुणाकर घिमिरेले जानकारी दिनु भयो ।

सो अवसरमा संघका महामन्त्री लिला दहाल, केन्द्रिय सदस्य गणेश सुवेदी लगाएतको सहभागिता रहेको थियो । अधिवेसनमा दुई जनाले जिल्ला अध्यक्षका लागि उम्मेदवारी दिएका छन् । गौरीश्वर रिजाल र मुना गुरुङ्ले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन । अहिले अधिवेसन चलिरहेको छ ।