जिविस चितवनको काम : विषादी हालेर वातावरणमैत्री घोषणा

नारायण ढुंगाना

चितवन, १८ साउन । वातावरणमैत्री भनेकै आफैंमा स्वच्छ ठाउँ भन्ने हो । सफा र स्वच्छ भएको स्थान नै वातावरणमैत्री हुन्छ । तर चितवनको जिल्ला विकास समितिले विषादी हालेर नेपालमै पहिलो वातावरणमैत्री जिविस घोषणा गरेको छ । झार मर्दै गएपछि मात्रै विषादी प्रयोग गरेर वातावरणमैत्री घोषणा गरेको थाहा भएको हो ।बर्षामा विषादी हालेर मारिएको झार

जिविस चितवनको वरीपरी रहेका झारहरु विषादीले मारेर वातावरण मैत्री वनाउनु गलत भएको संरक्षणकर्मीहरु बताउँछन् । केही हप्ता अघि यहाँ मन्त्रीकै सहभागितामा बातावरणमैत्री घोषणा गरिएको थियो ।

एकजना प्रत्यक्षदर्शीले झार मार्न विषादी हालेर स्प्रे नै गरेको बताएपनि उनले आफ्नो नाम नराख्न आग्रह गरे । वातावरणमैत्री बनाउन ति झारलाई पनि सही रुपमा व्यवस्थापन गर्नु उपयुक्त हुन्छ ।

वातावरणमैत्री वनाउनु भनेको झार मार्नु होईन । वरु त्यो झारलाई संरक्षण गरी व्यवस्थापन गर्नु हो । यसतर्फ जिविस चितवनले ध्यान दिने की रु