अनेरास्ववियु सुनगाभा कलेज कमिटीद्धारा स्वागत तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

annsfuचितवन, १७ साउन । पुर्वि चितवनको खैरहनी स्थित सुनगाभा कलेज अनेरास्ववियु कमिटीले कलेजमा कक्षा ११ र १२ मा भर्ना भएका नयाँ बिद्याथीहरुलाई स्वागत गर्दै प्रशिक्षण दिएको छ ।

कमिटीले नयाँ बिद्यार्थीलाई स्वागत गर्दै भविष्यका शैक्षिक चुनौतिको कसरी सामना गर्ने भन्नेबारे प्रशिक्षण दिएको अनेरास्ववियु सुनगाभा कलेज कमिटीका अध्यक्ष सन्तोष भण्डारीले जानकारी दिनुभयो ।

बिद्यालय तह पार गरेर भर्खर कलेज भर्ना भएका बिद्यार्थीहरु अलमलिएर, पाउने सेवा सुबिधाबाट समेत बञ्चित हुनुपर्ने अवस्था आउने भन्दै प्रशिक्षण दिईएको भण्डारीले बताउनुभयो ।

स्वागत तथा प्रशिक्षण कार्यक्रममा अनेरास्ववियुका चितवन क्षेत्र नम्बर १ का कोषाध्यक्ष सरोज घतानीको प्रमुख आतिथ्यता,अनेरास्ववियुका नेता बास्तबिक थपलिया, अखिलका नेता प्रबेश पाठक, अनुज न्यौपाने लगायतको उपस्थिती थियो ।