चार्टर नाईट मनायो सौराहा वाईल्डलाईफ सिटीले….

चितवन, १७ साउन । पर्यटकीय नगरी सौराहामा रहेको लायन्स क्लव अफ सौराहा वाईल्ड लाईफ सिटीको पहिलो चार्टर नाईट तथा अवार्ड वितरण कार्यक्रम सम्पन्न गरेको छ । 13901534_1070072763028064_5226910511609502092_n
सौराहाको होटल रोयल टाईगरमा आयोजित कार्यक्रममा बोल्दै लायन्स क्लव अफ सौराहा वाईल्ड लाईफ सिटीका अध्यक्ष सुवासचन्द्र गौतमले आफुहरुले समाजिक क्षेत्रमा एक बर्ष ३७ वटा कार्यक्रम गरेको जानकारी दिए । साथै उनले आगामी कार्यकालमा केही नमुना काम गरेर देखाउने प्रतिबद्धता जनाए । 13906586_1070073106361363_8515767039298406369_n
लायन्स क्वल ईन्टरनेशनल डिष्ट्रिक ३२५ वी २ नेपालका पुर्व गर्भनर राजकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागीहरुले यो क्षेत्रकै सबैभन्दा बढी चार्टर सदस्य भएको लायन्स क्लव सौराहा वाईल्ड लाईफ सिटी रहेको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले कुनै विपन्न क्षेत्रलाई लायन्स भिलेज बनएर उदाहरणिय काम गर्न क्लवलाई सुझाव दिनुभएको छ ।13900137_1070072789694728_3493949541764338792_n
आफुले कमाएको केही रकमले विपन्नहरुका लागि ठुलो सहयोग मिल्ने भन्दै लायन्स क्वल ईन्टरनेशनल डिष्ट्रिक ३२५ वी २ नेपालका सिनियर एड्भाईजर रामप्रसाद भट्टले यो विश्वकै सबैभन्दा ठुलो संस्थाको सदस्य बनेकोमा सहभागिहरुलाई बधाई दिनुभयो । 13882539_1070072746361399_1745327008297744489_nसो क्रममा लायन गोकर्ण गिरी, राजेश तामाङ, नगेन्द्र चापागाई, विक्रम चौधरी, योगेन्द्रनाथ अधिकारी, दिपेन्द्र खतिवडा लगायतलाई अवार्ड वितरण गरिएको थियो । अध्यक्ष गौतमले उक्त लायन्सका सदस्यहरुलाई मायाँको चिनोले सम्मान गर्नुभएको थियो । कार्यक्रममा लायन दिनानाथ शर्मा, निरज श्रेष्ठ, दिपेन्द्र खतिवडा, योगेन्द्रनाथ अधिकारी, रामशरण शिलवाल, रामप्रसाद भट्ट लगायतको सहभागिता रहेको थियो ।13876438_1070072619694745_8957329193955096849_n