विप्लप माओवादीका नेता उत्सव पक्राउ

चितवन, १६ साउन । ईलाका प्रहरी कार्यालय टाँडी चितवनले विप्लप माओवादीका पश्चिम तामसालिगं व्युरो सदस्य लाल सिङं थिङंं (उत्सव)लाई पक्राउ गरेको छ । पार्टीको कामको सिलसिलामा पूर्व तर्फ जादै गर्दा मोटरसाईकलमा सवार उनलाई साँझ ६ बजे टाँडी चोकबाट प्रहरीले पक्राउ गरेको माओवादीका चितवन जिल्ला सेक्रेटरी महेशले जानकारी दिए ।
प्रहरीले आफना नेता कार्यक्रतालाई खोजी खोजी पक्राउ गर्ने र झुटो मुद्दा लगाएर फसाउने अभियान अन्र्तगत आफना नेता कार्यकतालाई अनाहकमा दुःख दिन थालेको उनको भनाई छ । माओवादीका पश्चिम तामसालिगं व्युरो ईन्चार्ज उमा भुजेल शिलुले उत्सवलाई तत्काल रिहाई नगरे कडा आन्दोलन गर्ने चेतावनी दिईन् । सुकुमबासी र भुमीहिनहरुको गास बासको माग गर्दै सर्वहारा वर्गको अधिकार प्राप्तीका लागी आवाज उठाउदा आफुहरुलाई बिद्रोही सम्झने र दमन गर्दै आफना नेता कार्यकता धमाधम समाएर जेल हाल्ने प्रयास प्रशासनले गरे आफुहरु जस्तोसुकै लडाई लड्न पनि तयार रहेको उनको भनाई छ । उनले तत्कालै उत्सवलाई रिहाई गर्न चितवन प्रशासनसंग माग गरेकी छन् ।

.