संरक्षणका लागी एक मिनेट अभियान चलाउँदा फोहोर नउठाउने ? (तस्वीरसहित)

धुव्रराज खनाल,
चितवन, १३ साउन । चितवन राष्ट्रिय निकुञ्जले संरक्षणका लागी एक मिनेट अभियानको एउटा वुँदा वरण्डाभार क्षेत्रमा फोहोर नफाल्नु पनि रहेको छ । जंगल क्षेत्रमा फोहोर फाल्दा वातावरण प्रदुषण त हुन्छ नै त्यसले जंगली जनावारलाई समेत असर गर्दछ ।20160724_171919

वरण्डाभार जैविक मार्गमा फोहोर फाल्न प्रतिवन्ध लगाईएपनि न्युनिकरण भने हुन सकेको छैन् । गत आईतवारदेखी अभियान चलाईएपनि त्यहाँका फोहोरहरु उठाउन निकुञ्जको ध्यान गएको छैन् । अभियान सुरु गर्नु अघिनै फोहोर फालिएको भन्दै यसको व्यवस्थापनमा निकुञ्जले चासो नदेखाएको वुझिएको छ ।dritrti वरण्डाभार जैविक मार्गमा फोहोर फालेको फेला पारेमा कारवाही गर्ने भरतपुर उपमहानगरपालिका र रत्ननगर नगरपालिकाले निर्णय समेत गरेका थिए । रत्ननगर क्षेत्रमा फोहोर नदेखिएपनि भरतपुर उपमहानगरपालिका क्षेत्र भित्र पर्ने वरण्डाभार जैविक मार्गमा प्रसस्त फोहोर देख्न सकिन्छ ।

रत्ननगर भन्दा भरतपुर क्षेत्रमै वढि फोहोर फालिने गरेको छ । संरक्षणका लागी एक मिनेट अभियान सुरु गरिएता पनि फोहोर व्यवस्थापन नहुँदा कतिपयले नाम मात्रैको अभियान समेत भनेका छन् । निकुञ्ज प्रसासन भने यसलाई खण्डन गर्छ ।

यस हाम्रो अभियानमा क्षेत्रमा फोहोर नफाल्नु पनि रहेको छ निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कडेंल भन्छन् — पहिल्यै फालिएको फोहोर रहेछ, पछि यसको व्यवस्थापन गछौ । फोहोरले वातावरण र वन्यजन्तुलाई असर गर्छ भन्ने थाहा छ उनले भने — पहिले भन्दा धेरै कम भएको छ तर यसलाई कडाई गर्न आवश्यक छ । त्यस्तै अभियानको अर्को वुँदामा सो मार्गमा सवारी साधन नरोक्नु पनि छ । तर यसको पनि कार्यान्वयन हुन सकेको छैन । वन्यजन्तु र मान्छे दुवैका लागी असुरक्षित हुने भएकाले वरण्डाभार जैविक मार्गमा गाडी रोक्न मनाही गरिएको हो ।tikauli 1

अभियान सुरु गरेको धेरै समय नभएकाले सवैलाई थाहा नहुँदा अझै पनि गाडी सो मार्गमा रोकिएका निकुञ्ज वताउँछ । एकै पटक परिवर्तन आउँछ भन्ने होईन् निकुञ्जका प्रमुख संरक्षण अधिकृत कडेंलले भन्छन् — सुरुमा सचेतना दिने हो विस्तारै यसको कार्यान्वयन हुन्छ । वन्यजन्तु संरक्षण र सो मार्गमा हुने गतिविधी निगरानीका लागी यहाँ सिसि क्यामेरा समेत राखिएका छन् । अभियानको सुरुमा यहाँ सिसि क्यामेरा राखिएको बारे जानकारी गराउने,जंगल भित्र गाडी नरोक्न,हर्न नवजाउन ,फोहोर नफाल्न,वन्यजन्तुको आवागमनलाई ध्यान दिन सचेत गराईन्छ ।

निकुञ्जले अभियान सुरु गरेको पहिलो हप्ता जनचेतना दिन सवारी साधन रोकेर त्यसका चालकहरुलाई यि कुरा नगर्न अनुरोध गरिरहेको छ । गएको आईतवार अभियानको सुरुवात गरिएको थियो भने असार ३० गते वरण्डाभार जैविक मार्गमा सिसि क्यामेराहरु राखिएको थियो । जथभावी गाडी चलाउँदा,स्पीडमा चलाउँदा जंगल वारपार गर्ने जनावरहरु गाडीको सिकार हुदै आएपछि चितवन राष्ट्रिय निकुञ्जले संरक्षणका लागी एक मिनेट अभियान सुरु गरेको वताएको छ ।tikauli bus stop 1