डाटसन रेडी गो कार चितवनको बजारमा, एकैदिन ८ वटा कार बुकिङ्ग (तस्वीर र भिडियोसहित)

राजेन्द्र आचार्य 
चितवन, १३ साउन । नेपाली बजार छोटो अवधिमै ग्राहकको रोजाईमा पर्न डाटसन गाडीको नयां मोडल डाटसन रेडी गो कार चितवनको बजारमा भित्राएको छ ।
‘रेडी गो’ फेमिली हृयाचब्याक कार चितवनको लागि आधिकारिक विक्रेता सेढाई होल्डीङ्ग ग्रुप अर्नगत एस.एच मोर्टस्ले डाटसन रेडी गो कार भित्राएको हो ।


राजधानी काठमाडौंमा सार्वजनिक गरि एक हप्ता नवित्दै चितवनका ग्राहकवर्गहरुको सहजताका लागि एक भवय समारोहका विच सार्वजनिक गरेको एस.एच मोर्टस्का प्रबन्ध निर्देशक निर्देश सेढाईले जानकारी दिए ।20160728_103657

डाटसन गाडीका लागि नेपालको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले नेपालमा डाटसन रेडी गो कार भित्राएको हो ।

भरतपुर एयरपोर्ट अगाडी रहेको डाटसनको सुविधा समपन्न शो रुममा निशान मोर्टस् भाइस प्रेसिडेन्ट अतुल सहानी, कम्पनीका प्रबन्ध निर्देशक सन्दीप सारडा र एसएच मोर्टस्का प्रबन्ध निर्देशक निर्देश सेढाईले संयुक्र रुपमा सार्वजनिक गरेका थिए ।20160728_103856 साथै कार्यक्रम मार्फत ग्राहकका लागि डाटसनको नयाँ मोडल बिक्री सुरु गरेको सेढाईले बताए । साथै सोही अवसरमा ८ वटा कार बुकिङ्ग समेत भएको उनले बताए । चितवनको बजार सस्तो भनिएको यो कारले छिटै लोकप्रियता कमाउने उनले बताए ।20160728_103611

नेपाली बजारमा गाडीको मूल्य १३ लाख ९९ हजार मूल्य तोकिएको छ । पर्याप्त स्पेस, उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, फ्युलमा मितव्ययिता र क्रसओभरमा जिप्पी ड्राइभिङको रोमाञ्चकता भरिएको रेडी गोले एन्ट्री लेभल कार सेग्मेन्टलाई नयाँ परिभाषा दिने कम्पनीले जनाएको छ । उत्कृष्ट क्षमता र स्टायलिस डिजाइनको गाडी विभिन्न पाँचवटा रंगका छन् । गाडी सेतो, सिल्भर, ग्रे, रुबी र लाइममा नेपालसगै चितवनको बजारमा बिक्री गरिने कम्पनीले बताएको छ ।20160728_103658
गाडीमा युकान नामक नयाँ जापानी डिजाइन फिलोसोफी रहेकाले साहसी र बोल्ड संकेत दर्शाउने कम्पनीको दाबी छ ।

यसमा रहेको टल ब्याय स्टाइलिङले उत्कृष्ट ग्राउन्ड क्लियरेन्स बढी स्पेस र ड्राइभरका लागि उत्तम भिजिबिलिटी दिन्छ । रेडी गोमा बृहत सेफ्टी प्याकेज डाटसन प्रो सेफ– ७ रहेको छ20160728_104111
यसले छोटो ब्रेक दूरी, बाटोलाई फराकिलो देखाउने, राम्रो भिजिबिलिटीजस्ता सेफ्टी फिचर छन् । कारमा सुपररियर सस्पेन्सन सिस्टम, उच्च बोलस्टर सपोर्ट, ड्राइभ एयरब्यागलगायत सुविधा छन् ।20160728_110119
रेडी गोले २५.१७ किलोमिटर माइलेज दिन्छ । यसले उत्कृट फ्युल मितव्ययिता प्रदान गर्ने कम्पनीले जनाएको छ । यसको नयाँ ०.८ तीनवटा सिलिन्डर आइएसएटी इन्जिनसँगै पाँच स्पिड म्यानुअल ट्रान्समिसनले १५.९ सेकेन्डमा ० देखि १ सय किलोमिटर प्रतिघन्टा एक्सिलेरेट गर्न मद्दत पुग्नेछ । गाडीको १ सय ४० किलोमिटर प्रतिघन्टा उच्च स्पिड रहेको छ ।