नवलपरासीका तेज बिर थापाको दुवईमा ज्यान गयो

दयाराम आचार्य  ।
नवलपरासी , १२ साउन  ।

वैदेशिक रोजगारीको क्रममा दुवई पुगेको नवलपरासीका एक जना युवकको ज्यान गएको छ ।

कावासोती नगरपालिका ११ पिठौली निवासी २५ बर्षिय तेज बिर थापाको हृदयघातका कारण ज्यान गएको हो । ३३ महिना अगाडि दुवई पुगेका उनको राति सुतिरहेको अवस्थामा एक्कासी हृदयघात भएर ज्यान गएको हो ।

यहि साउन ७ गते थापाको हृदय घातका कारण मृत्यु भएको हो । थापाको मृत्यु भएको खबर सोहि कम्पनिमा कार्यरत उनका भिनाजु डम्बर बहादुर थापाले परीवारलाई जानकारी दिएका थिए ।
थापाको शव सुरक्षित आप्रवासन सूचना  तथा परामर्श केन्द्र कावासोतीको पहलमा ल्याउने तयारी भई रहेको केन्द्रकी रञ्जना लम्सालले बताईन ।

दुवई प्रहरीले मृत्युको कारण बारे रिपोर्ट तयार पारीरहेको र प्रहरीले पुर्ण रिपोर्ट तयार नपारेसम्म शव नेपाल ल्याउने प्रकिया नबढ्ने भएकाले शव ल्याउनको लागि केहि समय लाग्ने समेत लम्सालले बताईन । थापा अविवाहीत रहेका थिए ।