सित्तैमा प्रिपेड सिम वितरण

चितवन.११ साउन । पुर्वी चितवनको राप्ती नगरपालिका १० खुरखुरेमा नेपाल टेलिकमको सिम कार्ड सित्तैमा वितरण गरिएको छ ।13835652_1106872039387682_938680762_o नेपाल टेलिकमको सिम वितरण कार्यक्रम अन्र्तगत मंगलवार लियो क्लव अफ चितवन स्टारको सहयोगमा करिव ८ सय वटा सिम कार्ड वितरण गरिएको हो । नेपाल टेलिकमले ग्राहक वढाउन लियो क्लवको सहयोगमा सो संख्याको जिएसएम थ्री जि प्रिपेडको सिमकार्ड वितरण गरेको क्लवका प्रथम उपाध्यक्ष प्रकास थापाले जानकारी दिए । सिमकार्डमा ५० रुपैया व्यालेन्स समेत रहेको छ । सित्तैमा सिमकार्ड पाउने खवर पाएपछि खुरखुरेमा स्थानियको भीड लागेको थियो । नेपाल टेलिकमले यसअघि पुर्वी चितवनको भण्डारा,पर्सामा निशुल्क रुपमा सिमकार्ड वितरण गरीसकेको छ । लियो क्वल र लायन्स क्लवका २५ जना प्रतिनिधीको सहभागीतामा सिम वितरण गरिएको थियो ।