भेटेरिनरी विद्यार्थीद्धारा कुकुर स्वास्थ्य उपचार

चितवन साउन ११ । नेपाल भेटेरिनरी विद्यार्थी एशोसियसनको १७ औं समितले कुकुर स्वास्थ्य उपचार कार्यक्रम सञ्चालन गरिरहेको छ । 13754231_1751264211788186_735591371059941562_nसाउन ८ गतेदेखी १४ गतेसम्मको लागि कार्यक्रमको आयोजना गरिएको हो । एशोसियसनका अध्यक्ष यज्ञ अधिकारीको अध्यक्ष्ँतामा सञ्चालन गरिएको हो । सडकमा छरिएर रहेका कुकुरहरुमा विभिन्न रोगहरु लाग्ने र ति रोगहरु अनयमा समेत सर्ने खतरा रहने हुंदा सडकमा रहेका कुकुरहरुको लागि लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो । भेटेरिनरी शिक्षण अस्पताल, कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरमा कुकुरहरुको निशुल्क स्वास्थय उपचार गरिएको हो ।