गण्डक ब्यारेजको सबै ढोला खोलियो (तस्वीरसहित)

तस्वीर : किशोर रिजाल

नवलपरासी, ११ साउन । नवलपरासी स्थित गण्डक नहरमा पानीको बहाब उच्च खतरामा पुगेपछि यतिबेला गण्डक ब्यारेजको सबै ढोला खोलिएको छ । नारायणी नदीमा पानीको बहाब बढ्दैगएपछि गण्डक बांधनै फुट्ने खतरा बढेका कारण सो पानी भारत तर्फ बगाउन गण्डक ब्यारेजको सबै ढोका खोलिएको हो ।

नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेब पन्थका अनुसार नारायणी नदीमा पानी बहाब खतराको बिन्दु समेत नाघेपछि उच्च सतकर्ता अपनाउन गण्डक ब्यारेजको सबै ढोका खोलीएको हो ।13672486_617721668386294_558961948_n
नारायणी नदीमा गरिएको पछिल्लो पानी मापन अनुसार ९ दशमलब ४१ मिटर मापन गरिएको देबघाट स्थित जलमापन केन्द्रलाई उर्दीत गर्दै जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ । जुन ८ दशमलब ४ मिटर हुदा नारायणी नदी क्षेत्रमा पुर्ण रुपमा खतराको संकेत हुन्छ । यसरी नदीमा पानीको बहाव बढ्दै जादा जलमापन केन्द्रमा जल मापन प्रबिधीमा समेत प्राबिधीक समस्या आएको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।

गण्डक ब्यारेजको सबै ढोका खोलिएपछि अहिले नारायणी नदीको केही पानी भारत भारत तर्फ बगाईएको छ । यद्यपी नदीमा पानीको बहाव निकै बढेकै कारण स्थानिय प्रशासनले गण्डक क्षेत्रमा उच्च सतकर्ता अपनाएको छ । गण्डक किनार आसपासका जनतालाई तुरुन्त सुरक्षित स्थानमा स्थानान्तरण हुन स्थानिय प्रशासनले गण्डक क्षेत्रमा सुचित गरेको छ । यसकालाई आवश्यक उद्धार तथा सहयोग गर्न तिन वटै क्षेत्रका सुरक्षाकर्मी बाक्लो मात्रामा गण्डक क्षेत्रमा परिचालन गरिएको छ ।13823288_1840203096203436_996537040_n

हुन सक्ने जोखिमलाई पुर्ब अनुमान गरि अहिले गण्डक क्षेत्रमा नेपाल प्रहरी , नेपाली सेना र शशस्त्र प्रहरी गरी तिवटै सुरक्षाकर्मी बाक्लो संख्यामा परिचालन गरी राहत र उद्धारका लागी सुरक्षाकर्मी तयारी अवस्थामा राखीएको प्रमुख जिल्ला अधिकारी पन्थले बताउनुभयो ।
गण्डक क्षेत्रमा पछिल्लो अवस्था जानकारी लिन प्रमुख जिल्ला अधिकारी पन्थको नेतत्वमा सुरक्षाकर्मीको टोली गण्डक क्षेत्रमा पुगेको छ । टोलीले पानीको बहाव नारायणी नदीमा निकै भएकाले सम्भाबीत जोखिमलाई मध्यनगरगरी आवश्यक सुरक्षा राहत र उद्धारकालागी टोली तयारी अवस्थामा राखिएको टोलीले जनाएको छ ।13662431_10208282793600319_1623069458_o

। सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गानाका अनुसार नदिको सतह खतरा सम्म पुगेकाले नदि किनार आसपासमा साईरन बजाईएको स्थानियलाई सुरक्षित स्थानमा आउन आग्रह गरिएको वताउनुभयो ।

नारायणी नदीमा आएको बाढीले नवलपरासीको दक्षिण भेगका १३ गाउँ विकास समितिहरु बाढीको जोखीममा रहेका छन् जस्तै नर्सही, कुडिया, पक्लिहवा,गुठी प्रसौनी, प्रतापपुर, गुठीसुर्यपुरा, लगायतका गाउँ विकास समितिहरु उच्च जोखिमा परेका हुन् ।13650432_617722231719571_1407388533_n(1)

नवलपरासीको त्रिवेणीमा भारतीय पक्षले बाँधेको बाँधेका कारण पानीको सतह खतराको संकेतभन्दा माथि पुगेको हो । पश्चिम पहाडी जिल्लाहरु जिल्लाहरुमा लगातार तीनदिनदेखि परेको अविरल वर्षाका कारण गण्डकी–नारायणी नदीमा पानीको बहाव उच्च भएको हो ।

पानीको बहाव उच्च भएको कारण आसपासका गण्डक क्षेत्रका एक दर्जन बढी गाविसमा पुर्ण रुपमा जोखिम बढेको छ ।त्रिवेणीस्थित गण्डक नहर क्षेत्रमा पानीको बहाव बढेको छ । ७ दशमलव ३ मिटर सम्म खतराको पुर्ब सुचना हुनुपर्नेमा पछिल्लो मापन अनुसार ९ दशमलव ४१ मिटर पुगेको जिल्ला प्रशासन कार्यालये नवलपरासी जनाएको छ ।

नदीमा पानी आउने क्रम बढ्दो भएकाले अझै बहाव बढ्न सक्छ ।’नवपरासीका १३ वटा गाविसमा डुवानको खतरा छ । ‘डुवानको खतरा हुने गाविसका जनतालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम भैरहेको स्थानिय प्रशासनले जनाएको छ । ।यसैविच नवलपरासीमा विभिन्न स्थानमा नदि तथा खोलाको वहाव वढेपछी बाढी तथा कटान भएको छ ।

यसैगरी झरहीखोलामा आएको वाढीले रामग्राम नगरपालिकाको परासी क्षेत्रमा धान खेती नष्ट गरेको छ । त्यस्तै जिल्लाको रामपुर खडौना, भुजहवा, रमपुरवा, ठुलो खरेटवा, सोमनी लगायतको दुई दर्जन गाविसको सयौं विगहा रोपिएको धान डुबानमा परेको छ ।13866599_1840203099536769_882667301_n

यसै गरि जिल्लाको पहाडी क्षेत्र गैडाकोट कावासोती नवलपुर वेनीमणीपुर पिठौली लगायतको सयौ विगहा जमिन कटान गर्नुको साथै त्यसमा लगाइएको धानबाली नष्ट गरेको छ ।

यस अगाबै २०६५ सालमा कोशिमा बाढी आउँदा पनि भारतीय पक्षले समयमै ढोका नखोलिदिएपछि बाँध फुटेर नेपालका तीन जिल्लामा ठूलो जनधनको क्षती भएको थियो ।