“काध माथी बन्दुक तेर्सायर”

लेखक : राजन पराजुली

सानो गाउ अनि सानो झुपडी विगत लामो समय देखी एक्लो जिन्दगी विताई रहेकी रामकुमारी आज उनलाई पानी दीने सम्म कोही छैनन् । रामकुमारी आफ्नो विगतको पाना पल्टायर हेर्छीन्।। साझको समय वुवा बिनाको कठोर जिन्दगी झेली रहेकी रामकुमारी आमाको एक मात्र साहारा थिइन् । आमाको दुख सुख सुन्ने मात्र एक्ली पात्र थिइन ।rajan एक्कासी ढोकामा ढक ढक को आवाजले दुबै डराउछन् ।”छीटो ढोका खोल्नु त हामी हजुरका आफ्नै सन्तान हौ”भन्ने आवाज बाहीरबाट आईसकेपछी रामकुमारीको आमा विस्तारै ढोका खोल्छीन् । काधमा बन्दुक भिरेका टाउकोमा रातो टाला बेरेका आफुलाई माओवादी बताउनेहरू एका एक भित्र छीर्छन् । विचरी रामकुमारी डरले थर थर काम्छीन् । “डराउनु पर्दैन आमा हामी तपाई जस्तै गरीब जनताको लागि युद्धमा हुमीएका तपाईका आफ्नै सन्तान हौ आफ्नो सन्तानलाई कुन चाही आमाले भोकै रहेको हेर्न सक्छीन् र तपाईको सन्तान हामीलाई भोक लागेको छ आमा केही खाने कुरा दीनुस्” एउटा मोटो मोटो मान्छे एही शब्द बोली रहेको थियो साहेद उनीहरुको कमान्ड होला । हाम्रो लागि पकाएको खाना उनीहरु खाईदीए अझ नपुगेर पकाए पनी । “आमा हामी देशमा आमुल परीवर्तन र तपाईहरू जस्तै गरीबको लागि लडी रहेका छौ हामीलाई तपाईको साथ अनि सहयोग चाहीन्छ तपाईको छोरा अनि छोरी लाई हाम्रो क्रन्तिमा पठाउनुस्” चर्को चर्को स्वरमा आर्को एक काधमा बन्दुक भिरेको मान्छे बोली रहेको थियो । आखा भरी आसु बनाउदै “मेरो पती हुनुहुन मेरो एउटै बाच्ने साहारा भनेकी यही एउटै छोरी छे हजुर मैले तपाईहरूलाई सहयोग गर्न सक्दीन” रामकुमारीको आमाले एसै गरी भनेकी थिइन् । “हो आमा तपाईको आखाको आशु पुस्नको लागि खाली भकारीमा अन्न भर्नको लागि अनि नाङ्गो शरीरमा लुगा दीनको लागि हामी युद्धमा होमीयका हौ हाम्लाई तपाईको छोरी सहयोग गर्नुहोस् देशमा आमुल परीवर्तन ल्याउनको लागि हामीलाई उनी जस्तै युद्धाहरूको खाचो छ” भन्दै चिचाई रहेको थियो ऊ । जाने रहर नहुदा नहुदै पनी बन्दुक आमाको गाधमा तेर्सायर जबरदस्ती रामकुमारी तेहाबाट लीयर जान्छन् । छोरीको प्रतिक्षामा अगनको ढीलमा घामको उज्यालोले साथ दीए सम्म सधै हेर्ने गर्थीन् रामकुमारीकी आमा । गरीबको आखामा आशु हटायर ओठमा मुस्कान छाउनको लागि युद्ध गर्न लीयर गएकी रामकुमारीले हातमा बन्दुक टाउकोमा रातो टालो बाध्दै युद्धमा हुम्मीन्छीन् । कयौको शरीमा माथी बन्दुक तेर्सायर धम्काउछीन् कतीलाई युद्धमा समेल गराउछीन् । कयौ पटक दोहोरो युद्ध खेप्छीन् । शरीरमा बन्दुकको गोली अनि छर्रा पनी नलागेको हैन उन्लाई भाग्य भनौ या दसा नलागेको भनौ पटक पटक बाच्न सफल हुन्छीन् ।घाम पानी नभनी रामकुमारी गरीब जनताको लागि युद्ध गरी रहन्छीन् । कयौ पटक मुत्युलाई जितेर बाच्न सफल हुन्थीन् ।एक दीन युद्ध गर्नेहरू र सरकार बीच सहमती हुन्छ । बीगतलाई सम्झीयर आज रामकुमारी निकै रून्छे । देशको र गरीबको लागि आफ्नो यौवन युद्धमा सकाएकी उ आज एकली छे । आमालाई उहीलै गुमाई सकेकी थीई । गरीबको नाम बेचेर आज माथील्ला तहका नेताहरूको महल ठडीएको देखेर आफैले आफैलाई धिकार्छे । आफ्नो ज्यानको बाजी राखेर युद्धमा हुम्मेएकी रामकुमारीलाई आज कोही नेताहरू सन्चो विसन्चो सोध्न सम्म आउदैनन् । गरीबको भकारी भोर्नु छ रीता भाडा खानाले भरौला अनि नाङ्गो शरीरमा लुगाले बेरौला भन्दै गरीबलाई बन्दुक भिडाउनेहरू आज सत्ताको लागि मात्र युद्ध गरेको देख्दा रामकुमारी एका एक रून्छे‘।  चितवन

.