वाईसियलको संयुक्त कार्यक्रममा ७१ जनाले गरे रक्तदान

चितवन, ११ साउन । वाईसियल नेपाल भरतपुर वडा नं २,३,४ को आयोजनामा नारायणगढको लायन्सचोकमा रक्तदान कार्यक्रमको गरीएको छ । कार्यक्रममा २५ महिला सहित ७१ जनाले रक्तदान गरेका थिए ।
प्रदेस सह ईन्चार्ज ईश्वर सापकोटा सुमन, केन्द्रिय सदस्य सन्तोष पनेरु, जिल्ला अध्यक्ष मोदराज न्यौपाने, विद्यार्थी केन्द्रिय सदस्य सुरज सिहं लगायतले रक्तदान गरी कार्यक्रमको सुरुवात गरेको जिल्ला उपाध्यक्ष साजन अधिकारीले जानाकारी गराउनु भयो । सो अवसरमा माओवादी केन्द्रका जिल्ला अध्यक्ष यमवहादुर परियार, केन्द्रिय सदस्यहरु संघर्ष,वावुराम खरेल लगायतको उपस्थिति रहेको थियो ।