मोटरसाइकल तोडफोड गर्ने ६ जना माओवादी कार्यकर्ता पक्राउ

 

दयाराम आचार्य,
नवलपरासी, १० साउन  । विप्लवले नेतृत्व गरेको नेकपा माओवादीले गरेको बन्दको अवज्ञा गरेको भन्दै नेकपा माओवादीका कार्यकर्ताहरुले नवलपरासीको कावासोती नगरपालिका १६ डण्डामा एउटा मोटरसाइकल तोडफोड गरेको छ ।

उनीहरुले डण्डा कावासोतीबीचको पुलदेखि पश्चिमतर्फ ना ३ प ४१३४ नम्बरको मोटरसाइकल तोडफोड गरेका हुन् ।
तोडफोडबाट मोटरसाइकलको अघिल्लो भाग क्षति भएकोछ । यसैबीच तोडफोडमा संलग्न रहेकोका आरोपमा नेकपा माओवादीका ६ जना स्थानीय तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएका छन् । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय नवलपुरमा राखिएकोछ ।
प्रहरीले माधव केसी, शिव डुम्रे, विरबहादुर थापा, दिलबहादुर विक, जनक कुमाल र धनसिंह ढकुन्नलाई नियन्त्रणमा लिएको छ ।