एक बर्षमा ७५ जनाले ज्यान गुमाए

चितवन, १० साउन । चितवनमा सवारी दुर्घटना परि एक बर्षमा ७५ जनाले ज्यान गुमाएका छन् ।
यो तथ्याङ्ग गत अर्थिक बर्षको तुलनामा गर्दा सवारी दुर्घटनामा परि जयान गुमाउनेको संख्यामा समेत कमि आएको देखिन्छ ।
गत आर्थिक बर्ष २०७१/७२ मा भने सवारी दुर्घटनामा परेर ८३ जनाको मृत्यु भएकोमा आर्थिक वर्ष २०७२/७३ मा दुर्घटनामा परी ७५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख राजन भटेवालले जानकारी दिए । accident
यसरी दुर्घटनामा परी मृत्यु हुनेमा ५१ जना पुरुष, १३ जना महिला, ५ जना बालक र ६ जना बालिका रहेका छन् ।
यसैगरी दुर्घटनामा परेर गम्भीर घाईते हुनेमा १ सय १४ जना रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्यांक अनुसार गम्भीर घाईते हुनेमा ८२ जना पुरुष, २१ जना महिला, ७ जना बालक र ४ जना बालिका गरी १ सय १४ जना रहेका छन् । यसैगरी सामान्य घाईते हुने जम्मा १ सय २१ जना रहेका छन् । जस अन्तर्गत ७९ जना पुरुष, ३५ जना महिला, ४ जना बालक र ३ जना बालिका गरी १ सय २१ जना रहेका छन् ।
३० वटा सवारी दुर्घटना
यस्तै आर्थिक वर्ष २०७२/७३ मा २ सय ३० वटा सवारी साधनहरु दुर्घटनामा परेका छन् । आर्थिक वर्ष २०७२÷/३ मा ४५ वटा ट्रक एवम् ट्यांकर, ४० वटा बस, २६ वटा जीप, कार एवम् भ्यान, १२ वटा ट्रयाक्टर, ८५ वटा मोटरसाईकल र शारिरिक शक्तिबाट चल्ने सवारी साधन १८ वटा र अन्य ४ वटा गरी जम्मा २ सय ३० वटा सवारी साधनहरु दुर्घटनामा परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी नायव निरिक्षक कृष्ण ठकुरीले जिल्लामा सवारी साधनको चेकजाचमा कडाई गरेसंगै दुर्घटनामा कमी आएको बताए । नियमको पालना गरेमा अधिकांश दुर्घटनाबाट बच्न सकिने उनले बताए ।