बार एसोसिएसन चितवनमा नामावली दर्ता

 

चितवन, १० साउन । जिल्ला अदालत बार एसोसियसन चितवनको अध्यक्ष पदका दुई प्रत्यासीले औपचारिक रुपमा नामावली दर्ता गराएका छन् ।
साउन २२ गते हुन लागेको बारको १९ औं अधिवेशनका लागि प्रजातान्त्रिक कानुन व्यावसायी संघ डीएलएका तर्फबाट महिला अधिवक्ता फूलमाया रानाभाट र प्रगतिशील कानुन व्यवसायी संगठन पीएलएका तर्फबाट गोपीलाल देवकोटाले उम्मेद्वारी दर्ता गराएका हुन् ।bar-photo-1-800x445
अधिवेशनमा दुई प्यालनबीच प्रतिस्पर्धा हुनेछ । निर्वाचनबाट आफ्नो प्यानलले नै जित्ने दुवै प्यानलका अध्यक्ष पदका प्रत्यासीहरुले दाबी गरेका छन् । डीएलएकी रानाभाट प्यानलतर्फ उपाध्यक्षमा लक्ष्मीप्रसाद पाठक, सचिवमा राजेन्द्र सिलवाल, कोषाध्यक्षमा श्रीराम दवाडी र सहसचिवमा राधा उपाध्यायले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै पीएलएका देवकोटा प्यानलतर्फ उपाध्यक्षमा शिवकुमारी पाण्डे भण्डारी, सचिवमा रमेश काफ्ले, कोषाध्यक्षमा विनोद मिश्र र सहसचिवमा सरिता सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् । सदस्यको पदका लागि दुबै प्यानलबाट ८र८ जना र केन्द्रीय पार्षदका लागि ७र७ जनाले उम्मेद्वारी दिएका बारको १९ औं अधिवेशनको निर्वाचन समितिकी संयोजक कल्पना उप्रेतीले जानकारी दिइन् ।
यसैबीच लामो समय जिल्ला अदालत बार एसोसिएसनमा रहेर काम गरेको अनुभव आफूमा रहेको बताउँदै अध्यक्ष पदकी प्रत्यासी फूलमाया रानाभाटले थपिन्, ‘आफ्नो प्यानलले उम्मेदवारी जित्नेमा म विश्वस्त छु ।’
त्यस्तै, अर्की प्रत्यासी गोपिलाल देवकोटाले कानुन व्यवसायीको समस्या पहिचान र समाधानमा आफू सदैव सक्रिय रहेको बताउँदै भने, ‘व्यवसायीहरुले मलाई जिताउनेमा विश्वास गर्छु ।’

.