लायन्स क्वलद्धारा लोक गायक लामा र साहित्यकार घिमिरे सम्मानित

 
नारायण ढुंगाना,
चितवन, १० साउन । चितवनको रत्ननगरका लोकगायक मिलन लामा र बरिष्ठ साहित्यकार रामबाबु घिमिरेलाई सम्मान गरिएको छ ।

रत्ननगरमा बसेर नेपालको गायन क्षेत्र र साहित्यिक फाँटमा पुर्याएको योगदानको कदर गर्दै उहाँहरुलाई दोसल्ला ओढाई कदरपत्रले सम्मान गरिएको हो ।DSC06410

लायन्स क्वल अफ रत्ननगर मिड नेपाल, लायन्स क्वलअफ रत्ननगर पिस तथा लियो क्लव अफ रत्ननगर मिड नेपालको आयोजनामा भएको चार्टर नाईट, सम्मान तथा पदस्थापन कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएको हो ।

आईतवार राती चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकास सिंहले उहाँहरुलाई सम्मान गर्नुभएको थियो । सम्मान प्रदान गर्दै सिंहले लामाका गीत र टुक्काहरु राष्ट्रिय भावनाले ओतप्रोत हुने भन्दै सुन्दा नै आँसु रसाएर आउने खालको भएको बताउनुभयो । यस्तै उहाँले साहित्यकार घिमिरेको समेत योगदानको प्रशंसा गर्नुभयो ।

सो क्रममा गायक लामाले सम्मानले आफुलाई गहुँगो भारी बोकाएको गायन क्षेत्रमा अझै राम्रो गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । उहाँले दर्जनौं चर्चित गीत बजारमा ल्याई सक्नुभएको छ ।

रत्ननगर टाँडी निवासी साहित्यकार घिमिरेले पाँच पुस्तक निकाली सक्नुभएको छ । २०२६ सालमा राष्ट्र पूकार पत्रिकामा ‘मेरो अनुसार’ शिर्षकमा कविता प्रकाशन गरेर साहित्य लेखनमा लाग्नुभएका घिमिरे हाल सम्प्रेशण साहित्यिक पत्रिका प्रशासन गर्दै आउनुभएको छ ।
उहाँले २०३२ सालमा ‘रित्तो आकास’ उपन्यास लेख्नुभएको थियो । यस्तै उहाँले निबन्ध संग्रहहरु म हरेश खान थालेको छु (२०४६), नलेख्नुपर्ने कुराहरु (२०५६), अनर्गल प्रल्हाद(२०६६) प्रकासन गरिसक्नु भएको छ ।

उहाँको मुक्तक संग्रह, घिमिरेका मुक्तकहरु (२०५२) समेत छ । प्रेस काउन्सिल नेपालद्धारा साहित्यिक पत्रकारिता पुरस्कार समेत पाईसक्नु भएका घिमिरेले यो बर्ष ‘मनका पिरका कुराहरु’ निबन्ध संग्रह बजारमा ल्याउने तयारीमा हुनुहुन्छ । उहाँले आफुलाई सम्मानले अझै साहित्यमा अगाडी बढाउन हौसला मिलेको बताउनुभयो । सो क्रममा मुरारी घिमिरे र प्रकाश शर्मालाई लायन्स अफ द ईयरबाट सम्मान गरिएको थियो ।